एक्सक्लुसिभ समाचार

बाढीपीडित क्षेत्रमा प्रधानमन्त्री, तत्काल पुनर्निर्माण गर्ने प्रतिवद्धता

बिदुर आचार्य / मेलम्ची, असार २६ गते । असार १ गतेको बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु गाउँपालिका–२ को गणेशे बगर पुग्नुभएको हो । हेलम्बु पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुसँग भेटघाट गर्नुहुँदै बाढीग्रस्त क्षेत्रको निरीक्षण समेत गर्नुभयो । बाढीले विस्थापित भएका हेलम्बुका […]


मेलम्चीको पानी आउन तीन महिना लाग्ने

सञ्चिता घिमिरे / काठमाडौँ, असार २५ गते । काठमाडौँ उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनः सुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाउने भएको छ । सो आयोजना स्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको […]


वीर अस्पतालमा नवनिर्मित सर्जिकल ब्लक उद्घाटन हुँदै, एक सय शैयाको आईसियु सञ्चालनमा

काठमाडौं, असार २४ गते । वीर अस्पतालको नवनिर्मित सर्जिकल ब्लकको आगामी आइतबार औपचारिक उद्घाटन हुने भएको छ । पाँच सय शैयाको उक्त भवन प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको वीर अस्पतालका उपनिर्देशक डा.नवीन पोखरेलले जानकारी दिनुभएको छ । डा. पोखरेलका अनुसार गत फागुन महिनमा नै उद्घाटन गर्ने तयारी रहेको भए पनि निर्माण सम्पन्न […]


जापानमा हुने ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

नारायण न्यौपाने / काठमाडौँ, असार २३ गते । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकुद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरिका सिंह […]


आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ – प्रदेश प्रमुख पौडेल

पोखरा, असार २२ गते । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का टोलीसँगको भेटघाट कार्यक्रममा उहाँले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाउनुभयो । उहाँले गण्डकी प्रदेश पर्यटनका लागि उत्कृष्ट […]


सुकेटार विमानस्थलमा नियमित उडान शुरु

फुङ्लिङ, असार २१ गते । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायुसेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास […]


धान रोप्ने प्रविधिको प्रयोग बढ्दो, चितवनमा ६० प्रतिशत सकियो धान राेप्ने काम

शालिग्राम नेपाल / चितवन, असार १४ गते । छिटो मनसुन सुरु भएको कारण चितवन जिल्लामा ६० प्रतिशत धान रोपिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार यस वर्ष पानी छिटो परेको भएर धान रोपाइ धेरै स्थानमा भएको छ । जिल्लाको कुल क्षेत्रफलको ४६ हजार ८९७ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४४ हजार २९१ […]


एक विद्यार्थी एक रुख अभियान

महोत्तरी,असार १३ गते । कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् । चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलपूmलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन […]


माथिल्लो तामाकोशी अन्तिम चरणमा, असारभित्रै १५२ मेगावाट बिजुली

रमेश लम्साल / काठमाडौँ, असार १२ गते । बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको […]


पाल्पामा पानीजहाज सबस्टेशनकाे सम्भाव्यताबारे स्थलगत अध्ययन शुरु

पाल्पा / असार ११ गते । शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter