समाचार

नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

काठमाडौँ, पुस २२ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ । आज गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि […]


४७८ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु

काठमाडौं, पुस २२ गते । पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


प्रधानमन्त्रीको देउवाको भारत भ्रमण रद्द

काठमाडौं, पुस २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतमा कोरोना सङ्क्रमण बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ विषयको विश्वस्तरीय सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो । “अहिलेको असहज परिस्थितिका कारण […]


जनतालाई दिइने सेवा छिटो छरितो दिन प्रधानमन्त्रीद्वारा मन्त्री र सचिवहरूलाई निर्देशन

काठमाडौं, पुस २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउनुभएको छ । बुधबार मन्त्री र सचिवसँगको छलफलमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन नसकेको उहाँले बताउनुभएको हो । ‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, […]


प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जानुहुने

काठमाडौं, पुस २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते अर्थात् आउँदो आइतबार भारत भ्रमणमा जाने हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । पाँचौं पटक प्रधानमन्त्री हुनुभएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । मन्त्री पौडेलका अनुसार प्रधानमन्त्री देउवा […]


२४ घण्टामा थप ३७० जनामा कोरोना पुष्टी , मृत्यु शून्य

काठमाडौं, पुस २१ गते । पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ७१५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


देशको लागि सँधै खेल्नेछु : ज्ञानेन्द्र मल्ल

काठमाडौँ, पुस २० गते । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफु देशको लागि क्रिकेट खेल्न सँधै तयार भएको बताउनु भएको छ । टियु मैदान कीर्तिपुरमा मंगलबारदेखि प्रशिक्षण क्याम्पमा सहभागी हुनुभएका मल्लले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले आफुलाई जानकारी नदिई कप्तानबाट हटाउँदा भने दुःख लागेको पनि बताउनुभयो । ‘म सँधै कप्तान बन्छु […]


३५५ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

काठमाडौं, पुस २० गते । पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७९४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ५३५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


दुनाटपरी व्यवसायले थारु समुदायको दैनिकी फेरिदै

जानु पाण्डे / कपिलवस्तु पुस १९ गते । खेर जाने सालको पातबाट दुना टपरी निर्माण गरेर स्थानीय थारु समुदायको दैनिकी फेरिएको छ । यहाँको विजयनगर गाउँपालिकाका थारु समुदायका महिलाको दुना टपरी व्यवसायले दैनिकी फेरिएको हो । फुर्सद भएकाबेला घरमै बस्दैआएका वडा १ जवावैराठका महिला आजभोलि दुना टपरीले उद्यमी भएका छन् । फुर्सदको समय भएपछि उहाँहरु […]


२९१ जना सङ्क्रमित थप, दुईको मृत्यु

काठमाडौं, पुस १९ गते । पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार सात सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ७९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter