समाचार

‘सरकारले बनाउने कानुन सरकारी संयन्त्रले कार्यान्वयन नगर्नु दुःखद्’

काठमाडौं, फागुन ९ गते । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उद्योग तथा त्यहाँ कार्यरत श्रमिकहरुको समस्यामा समाधान गर्ने […]


आन्दोलनरत चिकित्सक र मन्त्रालयबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ, फागुन ९ गते । चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलन अन्त्य गर्न नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच नौ बुँदै सहमति भएको छ । मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सहमतिसँगै संघले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यहरू शुक्रबारदेखि फिर्ता लिने र नियमित कार्यहरू सुचारु गरिएका हुन् । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा नेपाल […]


लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा

काठमाडौँ, फागुन ८ गते । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो । नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो । नेपालको कठिन जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४२ औँ मिनेटमा गोल गर्नुभयो । खेलमा लेबनानले पनि दुई वटा […]


नेपाली कहाँ र कुन अवस्थामा छन् परराष्ट्रलाई थाहा छैन: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वभर पुगेका सबै नेपाली विद्यार्थीको तथ्यांक आफ्नो मन्त्रालयसँग नरहेको बताएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री राणाले आगामी दिनमा यस्तो तथ्यांक परराष्ट्रमै रहने व्यवस्था गर्नसके उद्धारमा सहज हुने बताइन् । उद्धार गर्न परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि नभएको उनको भनाइ थियो । ओडिसास्थित कलिंग इन्स्टिच्युट […]


असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री; यी हुन प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने व्यक्तित्वहरू

काठमाडौं, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट […]


राजसंस्थालाई स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ , फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने जिकिर गरेका छन् । उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति समय सान्दर्भिक भएको समेत बताए । ‘षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई […]


पूर्वराजा शाहले भने– नेपालको उन्नतिका लागि हामीले के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको उन्नतिका लागि आफूहरूले के त्याग गर्नुपर्ने हो त्यसका लागि तयार रहेको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ मन्तव्य जारी गर्दै उनले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग […]


एमसीसीको भुक्तानी प्रक्रिया स्थगन

काठमाडौँ, फागुन ६ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयसँगै नेपालमा कार्यान्वयनमा आएको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को भुक्तानी प्रक्रिया ९० दिनका लागि स्थगन भएको छ। अर्थ मन्त्रालयले मंगलबार एमसीसीको भुक्तानी प्रक्रिया स्थगन भएको जानकारी गराएको हो। फागुन २ गते इमेलमार्फत् नेपाल सरकार र उक्त निकायबिच सम्पन्न कमप्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेको आयोजना सम्बन्धि […]


नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल

काठमाडौं, फागुन ५ गते । नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल भएको छ । नेपालस्थित इजरायली दूताबास र नेपाल इजरायल चेम्बर अफ कमर्शले संयुक्तरुपमा नेपाल र इजरायलका १५ वटा कम्पनीहरुसँग सहकार्यका लागि भर्चुल छलफल चलाएको भएको काठमाडौंस्थित इजरायली दूताबासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कृषि क्षेत्रमा ज्ञान र आधुनिक प्रविधिको प्रयोगलाई […]


प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण विधेयक’ सर्वसम्मतिले पारित

काठमाडौँ, फागुन ५ गते । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गर्नुभएको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter