
काठमाडाैं, असार १० गते । पछिल्लो २४ घण्टामा थप एक हजार ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे । यस्तै, चारहजार ९९७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ […]

काठमाडाैं, असार ९ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे । यस्तै, चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नाै सय दश जनामा सङ्क्रमण पुष्टि भएको छ । […]

काठमाडौं, असार ८ गते । सर्वोच्च अदालतले यस अघि भएका मन्त्रिपिरषद् पुनर्गठन मान्यता नदिन अन्तरीम अादेश दिएकाे छ । याेसँगै २० जना मन्त्रीलाई पदमुक्त हुनुभएकाे छ ।आदेशमा गत जेठ २१ र २७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुको थप नियुक्ति, संविधान अनुकूल भएको नभई संविधानको मूल मर्म र भावना विपरीत […]

नारायण अधिकारी / चितवन, असार ७ गते । निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो । कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञासँगै पर्यटन व्यवसाय ठप्प छ । सौराहामा निजी क्षेत्रका […]

कोकिला ढकाल / इलाम, असार ६ गते । निषेधाज्ञाकै समयमा इलामको कन्याम र अन्तुमा पर्यटकीय पूर्वाधारका थप काम भइरहेको छ । यस बेला पर्यटक आवागमन बन्द भएको मौका छोपी बाँकी रहेका पूर्वाधार र सौन्दर्यीकरणका काम भइरहेको हो । वर्षैभर पर्यटकको खचाखच हुने अन्तुमा अहिले अन्तु डाँडासम्म पुग्ने बाटोमा सोलिङको काम हुँदै छ । अन्तुका होमस्टे […]

काठमाडौँ, असार ५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिको आधुनिकीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभएको छ । सानोतिनो योजनाले कृषिलाई आधुनिकीकरण गर्न नसकिने बताउँदै उहाँले त्यसका लागि दीर्घकालीन योजना तथा नीति बनाएर नै अगाडि बढ्नुपर्ने बताउनुभयो । कृषि विभाग तथा नेपाल कृषि महासङ्घको संयुक्त आयोजनामा भएको ‘समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण’सम्बन्धी राष्ट्रिय […]

काठमाडौँ, असार ४ गते । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले आज सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा […]

काठमाडौँ, असार ३ गते । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल गर्नेगरी आर्थिक क्रियाकलाप चलायमान बनाउन सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भेट गरी परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्न आग्रह गर्नुभयो […]

काठमाडौँ, असार २ गते । पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काकडभिट्टा–इनरुवा खण्डमा मुआब्जा वितरणको लागि जग्गाको मुल्य निर्धारण चाँडो टुङ्ग्याउन आयोजना र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले आज रेल विभागका महानिर्देशक प्रमिलादेवी शाक्य, सो आयोजनाका प्रमुख तथा झापा, सुनसरी र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल माध्यमबाट छलफल […]

काठमाडौं, असार १ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ४४९ नमुनाको आरटीपीसीआर परीक्षणमा एक हजार ६८१ मा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १२ हजार २०२ पुगेको छ । एन्टीजेन विधिबाट २२ […]