
लक्की चाैधरी / काठमाडौं, जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्रीहरुको हेरफेर गर्नुभएको छ । उहाँले आफूसँग प्रधानमन्त्रीसहित थप सात मन्त्रालय राखेर तीन जना उपप्रधानमन्त्री तोक्नुभएको छ । उहाँहरुको अहिले केहीबेरमा शीतल निवासमा पद तथा गोपनीयताको शपथ हुँदैछ । प्रधानमन्त्रीका विज्ञ सल्लाहकार रामशरण बजगाईकाअनुसार पुरानामा चार मन्त्री कायम राखेर बाँकी […]

वसन्त पराजुली / भरतपुर, जेठ १९ गते । वन र वन्यजन्तुमा आधारित पर्यटनको मात्रै विकास भएको चितवनमा ‘जल पर्यटन’ विकासको सम्भावना राम्रो देखिएको छ । नारायणी नदी र त्यस वरपरको क्षेत्रलाई समेटेर ‘टुर प्याकेज’ बनाउन सकिएमा चितवनले जल पर्यटनमा फड्को मार्ने विज्ञहरूले औँल्याएका छन् । “यति सुन्दर नारायणी अहिले त्यसै बगेर खेर गइरहेको छ । […]

काठमाडौँ, जेठ १९ गते । पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ । सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ । कोषको जग्गामा स्थायी र अस्थायी गरी […]

काठमाडौं, जेठ १८ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६६ हजार ५८७ जना पुगेको जनाएको छ […]

काठमाडौं, जेठ १७ गते । नेपालमा कोरोनाभाइरसका चार हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार १७८ सङ्क्रमित पुष्टि भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच […]

मनोज भट्टराई / ओखलढुंगा, जेठ १६ गते । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको खबर सुनेपछि भट्टराई र रम्तेलका बुढापाकाहरू खुशी भएका छन् । मासिक तीन हजारका दरले भत्ता बुझिरहेका वृद्धवृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन् । ओखलढुंगाको लिखु गाउँपालिका वड नंं ६ […]

काठमाडौं, जेठ १५ गते । सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभयो । अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ […]

काठमाडौं, जेठ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रतिकूलताकाबीच पनि सरकारले आर्थिक रुपले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । नेपाल अल्पविकसितबाट विकाशसील देशमा सिफारिस भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले समग्रमा सकारात्मक आर्थिक बाटोमा सरकार रहेको चर्चा गर्नुभयो । “श्रमशक्ति बाहिरिने आँकडा […]

काठमाडौँ, जेठ १३ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको छ । सो आदेशसँगै उक्त विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबार हुनेछ । निवर्तमान प्रतिनिधिसभाका […]

इन्दिरा अर्याल / कठमाडौं, जेठ १२ गते ।काफल पाक्यो, बिउ कुयो, को हो को हो , गोल सिमल ,कुहुँ कुहँ जब नेपालमा वसन्त ऋतुको आगमन हुन्छ तब चराहरुका यी आवाजहरु हामीले सुन्न सक्छौँ । यि आवाजहरु चराको एक प्रजाती, कोइली परीवार जो दक्षिण भारत, दक्षिण पूर्वीएसिया र उत्तर पूर्वी राज्यबाट नेपाल आउँछन् उनिहरुले यस्तो आवाज […]