एक्सक्लुसिभ समाचार

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च; तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो; खाद्यवस्तुको मूल्यवृद्धि उच्च

काठमाडौँ, मङ्सिर ४ गते । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ […]


पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, मङ्सिर ३ गते । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरूले दागबत्ती दिनुभयो । पूर्व सभामुख ढुङ्गानाकाे सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत […]


पूर्व सभामुख ढुङ्गानाको निधन; अन्त्येष्टि सोमबार हुने

काठमाडौँ, मङ्सिर २ गते। पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ। ८३ वर्षीय पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आइतबार दिउँसो उहाँलाई मृत घोषणा गरेको हो। अस्पतालका निर्देशक डा. योगेश न्यौपानेले अस्पताल मृत अवस्थामा […]


आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौँ, मङ्सिर १ गते । स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबारको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आयोगका अनुसार नेपाल […]


नेपालको विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात

काठमाडौँ, कात्तिक ३० गते । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गर्नुभएको छ । नेपालबाट पहिलोपटक तेस्रो देशमा […]


नेपाल महिला यु–१९ टी–२० विश्वकपमा छनोट

गाेविन्द रेग्मी / काठमाडौँ, कात्तिक २८ गते । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो । नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा […]


‘युट्युब र फेसबुकबाट सम्प्रेषित सामग्री तथ्यपूर्ण र विश्वसनीय हुनैपर्छ’

काठमाडौं, कात्तिक २७ गते । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष […]


‘नेपाली क्रिकेट पारसको मात्र होइन’

काठमाडौँ, कात्तिक २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट पारस खड्काको मात्र नभएको र पारसले चलाएको भन्ने भ्रमबाट मुक्त हुन सबैमा आग्रह गर्नुभएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) बारे सोमबार क्यानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा खड्काले आफूले २० वर्ष राष्ट्रिय टोलीबाट खेल्दा नेपाल र क्यानको झन्डा मुनि खेलेको र […]


राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय यादव, […]


अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ; राष्ट्रपति पौडेलले गर्नुभयो गौरीघाट र कमलपोखरीमा छठ पूजा

काठमाडौँ, कात्तिक २२ गते । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो । ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter