नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा प्रतिभाहरू सम्मानित

IMG_1983[2]

काठमाडौँ : नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा काठमाडौमा आयोजित एक भव्य कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मानित एवम् पुरष्कृत गरिएको छ ।

साहित्य सङ्गीत कला संस्कृति तथा शिक्षा क्षेत्रमा योगदान दिँदै आएको नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले बाइस वर्षे लामो यात्रा पुरा गरेको उपलक्ष्यमा काठमाडौमा आयोजित एक भव्य कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट डा‍.जगमान गुरुङ (संस्कृति; कास्की), बालकृष्ण भट्टराई (साहित्य; रूपन्देही) दीर्घराज अधिकारी (भेडिखर्के साहिला; लोकगीत गायन,लमजुङ), बुद्धिकृष्ण लामिछाने (लोकगीत गायन; भक्तपुर), जनार्दन बराल (बालसाहित्य; सिन्धुली), प्रचण्ड जि.सि. (लोकगीत गायन; रूपन्देही), पाल्पा जिल्लाका सामुदायिक विद्यालयमध्येबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट छात्रा सलिना बेगम र छात्र प्रवेश गौतम लगायतका प्रतिभाहरूलाई पुरस्कृत एवम् सम्मानित गरिएको छ । तस्बिर : निरौला

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter