अनुवाद मार्गको अनुशरणबाट नेपाली साहित्यको विस्तार हुने

काठमाडौँ, । विश्व अनुवाद दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा अनुवाद मार्गको अनुशरणबाट नेपाली साहित्यको विस्तार हुनेमा जोड दिइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य(अनुवाद)विभागको आयोजना र अनुवादक समाज नेपालको सहआयोजनामा आयोजित गोष्ठीका सहभागी वक्ताले भौगोलिक तथा सांस्कृतिक रुपले टाढा रहेका भाषाबीच नेपाली भाषाका माध्यमबाट अनुवादात्मक सम्बन्ध स्थापित गर्दै नेपाली साहित्यको विस्तारमा योगदान पु¥याउन सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यलाई समृद्ध बनाउन बाहिरबाट पनि उत्कृष्ट साहित्य ल्याएर अनुवाद गर्ने र नेपालका उत्कृष्ट साहित्य पनि विश्वबजारमा अनुवाद गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

विश्वमा आर्जित ज्ञान विज्ञानको प्रवाहमा अनुवादको महत्वपूर्ण भूमिका हुनेमा उहाँको जोड थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्वका उत्कृष्ट साहित्य नेपाली भाषामा ल्याउन र नेपालका उत्कृष्ट साहित्य विश्व बजारमा पु¥याउन अनुवादको उपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालीबाहेक अधिकांश राष्ट्रभाषाबीच प्रत्यक्ष अनुवाद कठिन भएकाले नेपाली भाषालाई सम्पर्क भाषाका रुपमा प्रयोग गर्न सकिने धारणा राख्नु भयो ।

‘नेपाली साहित्यमा अनुवादः एक अवलोकन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै हरि अधिकारीले नेपाली साहित्यमा अनुवादको अवस्था सन्तोषजनक नभएको बताउनुभयो ।

उहाँले नेपालमा अनुवादको विकासका लागि राष्ट्रियस्तरमै समन्वयीकृत प्रयत्न हुनुपर्ने धारणा राख्नुभयो ।रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter