दैनिक लाखौँं रुपैयाँ भारतीय बैँंकमा जम्मा

 nepali currency

वीरगन्ज, १८ मङ्सिर । औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्ज बैंक तथा वित्तीय संस्थाको प्रमुख आकर्षणको थलो भए पनि जिल्लाका सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवा नपाएपछि त्यसक्षेत्रका स्थानीयवासी भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् ।

खुला तथा उदार आर्थिक व्यवस्थाका कारण मोफसलका ठूला सहरमा बैंँकहरु एकपछि अर्को सञ्चालनमा आएका छन् । तर नेपालको सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवाको अभाव रहेको त्यहाँका जनताको गुनासो छ ।

बँैंक तथा वित्तीय संस्थाको अभावमा सो क्षेत्रका बासिन्दाले दैनिक लाखौँं रुपैयाँ निक्षेप भारतीय बैँंकमा जम्मा गर्न थालेका छन् ।

मुलुकमा स्थापित प्रायः सबै बैंँकले वीरगन्जमा आ–आफ्नो शाखा खोलेर व्यपारिक कारोबार सुरु गरेका छन् । वीरगन्जमा मात्र दुई दर्जनभन्दा बढी बैँंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।

ती बँैंक तथा वित्तीय संस्थाले दैनिक नगद कारोबार बाहेक ई– बैँकिङ, एसएमएस बंैकिङ, सन्ध्याकालीन काउन्टर, निक्षेप सङ्कलन, कर्जा लगानी, वँैदेशिक रोजगार लगानी र एटिएम कार्डलगायतका सुविधा प्रदान गर्दै आएको छ ।

जिल्लाको बहुसङ्ख्यक नागरिक बसोबास गर्ने ग्रामीण क्षेत्रमा कुनै पनि बैंंकको शाखा सञ्चालनमा नरहेकाले उनीहरु बैंकिङ सेवाको पहुँचबाट टाढा रहन बाध्य छन् ।

सीमवर्ती क्षेत्रमा बैंँक नहुँदा नेपाली युवाले विदेशबाट कमाएर पठाएका रकम र किसानले बचत गरेको रकम भारतीय बैँंकमा राख्न बाध्य भएको स्थानीयवासीको भनाइ छ । नेपालको सीमावर्ती क्षेत्रमा बैंकको पहुँच नहुने, त्यस भेगका नेपाली नागरिकलाई सदरमुकाम आउन यातायातको अभाव हुने र समय पनि बढी लाग्ने भएकाले उनीहरु नजिककै भारतीय बजारमा रहेका बैँंकमा कारोबार गर्न बाध्य भएका हुन् ।

सीमावर्ती ग्रामीण भेगका बासिन्दा पैसा बोकेर सदरमुकाम आउँदा असुरक्षित हुने तथा कम समय र लागतमा सुरक्षित तरिकाले भारतीय बजारमा पुग्न सकिने भएकाले उनीहरु भारतीय बैँंकमा निक्षेप जम्मा गर्न जान थालेको पर्सा निर्मलवस्ती गाविसका पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।

विसं २०४६ को जनआन्दोलनपछि मुलुकमा स्थापित प्रजातान्त्रिक सरकारले ग्रामीण जनतालाई छिटो, छरितो र आफ्नैँं गाउँघर नजिकमा बैकिङ सेवा र सुविधा पु¥याउने उद्देश्यले वीरगन्ज बाहेक पोखरिया, भिस्वा, लङ्गडी, जानकिटोला र सेढवालगायत जिल्लाका विभिन्न बजारमा बैंँकहरु स्थापना भएका थिए तर द्वन्द्वकालमा असुरक्षाका कारण देखाउँदै नेपालको सीमावर्ती ग्रामीण क्षेत्रबाट ती बैंँक सदरमुकाम वीरगन्जमा केन्द्रित हुन पुगेका थिए ।

कृषि विकास बैँंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडले सीमावर्ती ग्रामीण क्षेत्रमा सेवा पु¥याउँदै आइरहेका थिए ।

द्वन्द्वको एकदशक लामो दुश्चक्रबाट मुक्त भई मुलुक अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ तर पनि द्वन्द्वका बेला ग्रामीण क्षेत्रबाट विस्थापित भएका बैंँक अहिलेसम्म पनि पुनःस्थापना हुन नसक्दा त्यस क्षेत्रका ठूलो पुँजी भारतीय बैंँकमा पुगिरहेको गुनासो स्थानीय बासिन्दाको छ ।

“ग्रामीण क्षेत्रका आमनागरिक बैंकिङ सेवाबाट वञ्चित हुनुपर्दा असाध्यै मर्कामा परेका छन्,” ठोरी गाविसका बासिन्दा राजेश श्रेष्ठले भन्नुभयो – ग्रामीण क्षेत्रमा बैंँक नहुँदा यस भेगका जनता भारतीय बैँंकमाथि निर्भर हुनुपरेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ सेवामार्फत उपलव्ध गराउने घोषणा गरे पनि बैंँकको अभावमा त्यो कार्यान्वयन हुन नसक्ने उहाँको भनाइ छ ।

विगतमा पोखरिया, भिस्वा, लङ्गडी, निचुटा र देउरवानालगायत थुप्रै गाउँमा सञ्चालनमा रहेका वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडका शाखा अहिले पनि त्यसै गाउँको नाममा सदरमुकाम वीरगन्जमा नै सञ्चालित रहेका छन् ।
ती बैंँकका शाखा मात्र गाउँमै पुनःस्थापना भइदिँदा पनि ग्रामीण भेगका अधिकांंश नागरिक बंैकिङ सेवाबाट लाभान्वित हुने स्थानीय बासिन्दाको भनाइ छ । यसो भइदिए यस भेगको ठूलो रकम भारतीय बैंकमा जानबाट रोकिने र ग्रामीण जनताले पनि बैंकिङ सेवा प्राप्त गर्न सक्ने स्थानीय बुद्धिजीवी अनिलकुमार वर्णवाल बताउनुहुन्छ ।

कृषि विकास बैंक बैकिङ कार्यालय वीरगन्जले पोखरियामा आफ्नो शाखा पुनःस्थापना गर्ने जनाएको छ ।

“बैँक तथा वित्तीय क्षेत्रले लगानीका लागि सुविधाका क्षेत्र मात्र नखोजी केही जोखिम र चुनौतीपूर्ण क्षेत्र भए पनि राष्ट्रको दिगो आर्थिक विकासका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरणको सिर्जना गर्न ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नुपर्दछ” – उद्योगपति गणेश लाठले भन्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter