असमझदारी चिर्न प्रधानमन्त्री ओली सफल ःदिनानाथ शर्मा

 dinanath

इटहरी, १४ फागुन । एनेकपा माओवादीका नेता तथा पार्टीका प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण उद्देश्य प्राप्तिका दृष्टिले सफल भएको बताउनुभएको छ ।

प्रवक्ता शर्माले आज इटहरीमा क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको भ्रमणले दुई मुलुकबीच देखिएको असमझदारी चिर्न सफल भएको बताउनुभयो ।

भारतसँगै कूटनीतिक र प्रशासनिक तहमा मात्र सीमित रहेको सम्बन्धलाई अब राजनीतिक रुपमा पनि स्थापित गर्नुपर्छ भन्ने मान्यता स्थापित गराउन प्रधानमन्त्रीको भ्रमणले केही हदसम्म सफल भएको आफूहरुको बुझाइ रहेको र सबै दलले यही अपेक्षा मात्र गरेको तथ्य पनि खुलस्त पार्नुभयो ।

मधेस आन्दोलनले छिमेकी मुलुक भारतका व्यापारीलाई समेत ठूलो घाटा पारेको उहाँको भनाइ थियो ।  रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter