एक्सक्लुसिभ समाचार

निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुस ४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताउनुभयो । “आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको […]


एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रम प्रचण्ड; एनसेलको सेयर खरिदकर्तासँग चिनजान भएको स्वीकार

काठमाडौं, पुस ३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले समितिले दूरसञ्चार प्राधिकरणको नियमाकीय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताउनुभएको हो। सांसदहरूले एनसेल छानबिन प्राधिकरण आफैँले गर्नसक्ने […]


नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल

काठमाडौँ, पुस २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विविधतायुक्त नेपाली समाजको एकताका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा बोल्दै उहाँले जनताको ठुलो दुःख र त्याग पश्चात् यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताउनुभयो । […]


लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल

काठमाडौँ, मङ्सिर २५ गते । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो । लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ […]


मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

गलकोट, मङ्सिर२४ गते । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ । ” अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन् । उहाँले […]


फल्नुअघि नै तनहुँका कृषकको आलु बिक्री

अमरराज नहर्की / तनहुँ, मङ्सिर २३ गते । आलु उत्पादन गर्ने यहाँका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु फल्नु अघि नै खरिद गरेर लैजाने सम्झौता भएका छ । उत्पादन गर्ने किसान र आलुका परिकार बनाउने कम्पनीबिच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता गरिएको हो । समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसान […]


जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं, मङ्सिर २२ गते । सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन यूरो (करिब पाँच अर्ब नौ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मङ्सिर २१ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वकार गर्ने र उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री […]


बाँझो जमिनमा बृहत् कृषि कार्यक्रम

बाबुराम शर्मा / दोलखा, मङ्सिर २० गते । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ । गत वर्ष परीक्षणको रूपमा गरिएको बृहत् कृषि कार्यक्रम सफल भएपछि यो वर्षबाट बाँझो रहेका जग्गा सदुपयोग गर्दै यसलाई व्यावसायिक रूपमा गरिन लागिएको उत्पादनतर्फ हेर्ने अगुवा कृषक नारायण बस्नेतले जानकारी दिनुभयो । उहाँका […]


प्रेम बिहे हत्याकाण्ड : २४ जनालाई जन्मकैद फैसला

रुकुमपश्चिम, मङ्सिर १९ गते । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ । उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ […]


भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ , मंसिर १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् । सोमबार मुलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए । […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter