एक्सक्लुसिभ समाचार

इजरायलबाट फर्कन चाहने नेपालीलाई ल्याउन गृह मन्त्रालयले प्रक्रिया अगाडि बढायो; ३२ नेपालीको सुरक्षित स्थानान्तरण

काठमाडौं, असोज २२ गते । गृह मन्त्रालयले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई ल्याउन प्रक्रिया अगाडि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल भएको घटनामा परी मृत्यु भएकाको शव ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहनेलाई नेपाल ल्याउने निर्णय गरेको थियो । सोही निर्णयहरुलाई मन्त्रालयले कार्यान्वयन प्रक्रिया […]


इजरायलमा १० जना नेपाली मारिएको औपचारिक पुष्टि, १ जना अझै सम्पर्कविहीन

काठमाडौं, असोज २१ गते । इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको तेल अविवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । उनले अझै १ जना नेपाली सम्पर्कमा नरहेको रातोपाटीलाई बताइन् । उनका अनुसार दुई जना खतरामुक्त रहेका छन् […]


कोशी प्रदेश: नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर, असोज २० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । आजै बसेको प्रदेशसभाको बैठकमा […]


बझाङका भूकम्पपीडितलाई सरकारले ५० हजार रुपैयाँ दिने

काठमाडौं, असोज १९ गते ।बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको […]


‘रिगल’ को कैद कट्टा गर्ने राष्ट्रपतिको निर्णयसहितको सक्कल मिसिल मगायो सर्वोच्च अदालतले

काठमाडौं, असोज १८ गते । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को बाँकी कैद सजाय कट्टा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश […]


आज रातिदेखि डीभी–२०२५ कार्यक्रम सुरु हुँदै

काठमाडौं, असोज १७ गते । आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको छ । […]


दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

काठमाडौँ , असोज १६ गते । । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो । समितिका अनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते […]


नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं, असोज १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणले नेपाल र चीन बिच विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबिच रही आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किनुभएको प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संवाद गर्नुहुँदै भ्रमणबारे जानकारी दिनुहुँदै सो कुरा […]


चीन भ्रमण आशा गरेभन्दा सफल : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असोज १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको […]


चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, असोज ९ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उहाँले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “चिकित्सको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter