कञ्चनपुर, भदौ २५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आउनुभएको हो । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उहाँले दुई बिघा तरकारी खेतीका लागि भाडामा […]
काठमाडौं, भदौ २४ गते। आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६ औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ। सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई पेस गर्दै यस्तो सुझाव दिएको हो। परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई परिसङ्घको […]
केदार तिमल्सिना / काभ्रेपलाञ्चोक, भदौ २३ गते । परम्परागत नेवारी खानाहरुको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपामा दुई दिने ‘काभ्रे फुड फेस्टिबल’ खाना महोत्सवको आयोजना गरिएको छ । काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ तथा काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिवार खाना महोत्सवको आयोजना गरिएको हो । खाना महोत्सवका […]
जीवछ यादव / लहान, भदौ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजावादी चिन्तक प्रदिप गिरिको आवश्यक्ता आउने पुस्तालाई पनि खड्किरहने बताउनुभएको छ । प्रदिप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको प्रदिप गिरिको प्रथम वार्षिकी कार्यक्रमलाई लहान–१४ मा उहाँको पूर्ण कदको शालिकलाई अनावरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । सदा जीवन उच्च विचारका चरित्र […]
धादिङ / भदौ २१ गते । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउखेतीमा रु. एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउखेती सुरु गर्नुभएको हो । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु. एक लाख कमाइ भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ […]
जानु पाण्डे / कपिलवस्तु, भदौ २० गते । कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खोजीपुर सामुदायिक वनले फलफूल खेतीलाई प्राथमिकता दिएको छ । सामुदायिक वनले विपन्न समुदायको आर्थिक विकासमा टेवा पुगाउन पहिलो पटक फलफूलका बोट बिरुवा लगाइएको उपभोक्ता समितिका अध्यक्ष दिपककुमार थापाले बताउनुभयो । २०६६ सालमा समुदायमा हस्तान्तरण गरिएको वनको जिनुवा बस्ती नजिकको क्षेत्रमा फलफुलका […]
काठमाडौं, भदौ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गर्नुभएको हो । बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले […]
अर्जुन काफ्ले / स्याङ्जा, भदौ १८ गते । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७९–८० मा दुई हजार ६७० वटा धारा निर्माण गरेको छ । एक घर एक धारा बनाउने सरकारको नीतिअनुसार यहाँ १३ हजार २७७ जना नागरिकलाई खानेपानीको सुविधा पुगेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सङ्घीय सशर्त अन्तर्गत पाँच र […]
काठमाडौं, भदौ १७ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकोले शिक्षाको उद्देश्य केवल बेरोजगारी समस्या समाधान गर्ने वा मानिसलाई केवल कम्प्युटर बनाउने मात्रै होइन भन्नुभएको छ। आइतबार सम्पन्न विश्वविद्यालय समन्वय समितिको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानात्मक, जनमुखी र सर्वसुलभ शिक्षाले मात्रै मानिसले जीवन उद्देश्य बुझ्ने बताउनुभयो। त्यसका लागि शिक्षामा राज्यले […]
गाेविन्द रेग्मी / काठमाडौं, भदौ १६ गते । दुई वर्षअघि क्रिकेट खेलाडीबाट सन्यासको घोषणा गर्नुभएका पारस खड्काले सन्न्यास लिएको बेलामै नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने इच्छा व्यक्त गर्नुभएको थियो । पारसको उक्त इच्छाले दुई वर्षपछि सफलता पाएको छ । दुई साताअघि मात्र काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्यमा निर्वाचित हुनुभएका पारस शुक्रबार क्यान बागमती […]