काठमाडौँ, १७ चैत । वाणिज्यमन्त्री दीपक बोहराले सार्वजनिक निजी साझेदारीका आयोजनाका प्रस्ताव ल्याउन उद्योगीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परीसङ्घले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बोहराले सार्वजनिक निजी साझेदारीबाट काम गर्दा छिटो हुनुका साथै सबैमा अपनत्वको भावना विकास हुने बताउनुभयो । उहाँले नेपालको बढ्दो व्यापार घाटा चिन्ताको विषय भएको बताउँदै नेपालमा […]
विराटनगर, १४ चैत । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले हामीले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्दै परनिर्भर होइन कि आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो । अर्काे प्रसङ्गमा उहाँले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा मुलुकको सात प्रदेशमै […]
काठमाडौँ, १२ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको छिमेकी राष्ट्र चीनको भ्रमण अपेक्षा गरिएअनुसार उपलब्धिमूलक हुन नसकेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भए पनि सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएकाले जलस्रोत, सञ्चार, यातायात, मानव संशाधनको विकास र […]
काठमाडौँ, ८ चैत । उपप्रधानमन्त्री तथा महिला बालबालिका एवम् समाजकल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले सबै प्रकारका अपाङ्गतालाई सम्बोधन गरी व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एक्काइसौँ ‘डाउन सिन्ड्रोम’ दिवसका अवसरमा डाउन सिन्ड्रोम एसोसिएसन नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले सरकार फरक शारीरिक क्षमता भएका व्यक्तिको संरक्षण र व्यवस्थापन गर्ने कार्यमा लागिपरेको पनि बताउनुभयो । […]
जनकपुरधाम, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो बनाउने क्रियाकलापको अन्त्य हुनुपर्ने बताउनुभएको छ । जनकपुर उद्योग वाणिज्य सङघको ४९ औं वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विगतमा उद्योगी व्यवसायीलाई पुरानो सत्तालाई कर नबुझाउन आह्वान गर्नेहरू राष्ट्रको प्रधानमन्त्री बने तर उद्योगी व्यवसायीको कर नबुझाउने आह्वानले […]
भक्तपुर, २ फागुन । उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा जग्गेबाटै अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिनु गलत भएको बताउनुभएको छ । आज रफत् सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको कम्तीमा पनि सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने व्यवस्था हुनुपर्ने बताउनुभएको हो […]
अधिवक्ता : बालाराम भट्टराई : सामाजिक आन्दोलनका अगुवा व्यक्तित्व बलदेबरामको घरमा पुग्दा दिउँसो को ११ बजेको थियो । म सिराहा पुगेदेखि नै सिनो बहिष्कारआन्दोलनका अगुवा बलदेबरामलाई भेट्ने अभिलाषालाई रोक्नै सकिनँ र २०७२ फाल्गुन १८ गते स्थानीय मित्रहरुको सहायेगमा उहाँको घर पत्तालगाई लागे उहाँको घरतर्फ । सप्तरी मधुपट्टिस्थित उहाँको घरमा पुग्दा सेतो कुर्ता र सुरुवाल लगाएका चमार […]
वालिङ, २७ फागुन । नेपाल सरकारका पशुपक्षी विकास मन्त्री शान्ता मानवीले व्यावसायिक पशुपालक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने बताउनुभएको छ । युवाका लागि बाख्रा गाउँ अभियान, स्याङ्जाले बुधबार वालिङमा आयोजना गरेको नेपालमा ‘बाख्रापालनको सम्भावना, समस्या, अवसर र चुनौती विषयक’ एकदिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री मानवीले व्यावसायिक कृषककालागि सहज र सरल तरिकाले ऋण […]
काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले महिला अधिकार संरक्षणका लागि अहिलेको संविधाने ऐतिहासिक कार्य गरेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले १०६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान जारी भएपछि राष्ट्रपति, उपसभामुखजस्ता गरिमामय पदमा महिलाले नेतृत्वको गर्ने अवसर प्राप्त भएको […]
काठमाडौँ, १९ फागुन । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपछिको पुनःनिर्माणको काम निर्धारित समयमै पूरा गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । महिला, कानुन र विकास मञ्च, वियोङ बेइजिङ कमिटी, जागरण नेपाल, एड्भोकेसी मिडिया ग्रुपलगायतका संस्थाले आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी विपद् व्यवस्थापन’ विषयक दुईदिने सम्मेलनको आज समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । […]