एक्सक्लुसिभ समाचार

‘नीतिगत सुधारले आयात घट्यो’

विश्वास रेग्मी, काठमाडौँ, कात्तिक १८ गते । निर्यात वृद्धि र आयात प्रतिस्थापनका लागि सरकारले गरेको नीतिगत सुधारको प्रभाव अन्तर्राष्ट्रिय व्यापारमा देखिनथालेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । गोरखापत्रको साप्ताहिक संवादका क्रममा आइतबार उहाँले आयात प्रतिस्थापनका लागि अघिल्लो बर्षदेखि कार्यान्वयन गरिएका कतिपय नीतिगत व्यवस्थाको प्रभाव चालु आर्थिक बर्षमा परेको जानकारी दिनुभयो । ‘‘ईनर्जी ड्रिङ्क्स र […]


राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रमुखहरू पदमुक्त; त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिको कार्यालयद्वारा आइतबार विज्ञप्तिजारी गरी नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको […]


राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा छठ पूजा

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो । छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्नुभएको हो । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई […]


जलविद्युतमा ५० अर्ब बराबरको वैदेशिक लगानीमा सम्झौता

काठमाडौं, कात्तिक १५ गते । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ५० अर्ब बराबरको वैदेशिक लगानीको सम्झौतामा शुक्रबार काठमाडौंमा हस्ताक्षर भएको छ । रसुवामा निर्माण हुने २१६ मेगावाटको जलविद्युत आयोजनामा भएको यो लगानी नेपालको हालसम्मकै यो ठूलो वैदेशिक लगानी हो । नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवद्र्वक रहेको आयोजनामा नौवटा अन्तराष्र्टिय वित्तीय संस्थाले लगानी […]


मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

काठमाडौँ, कात्तिक १४ गते । एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक […]


सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुरू हुँदै

काठमाडौं । कार्तिक १३ : मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । […]


राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्व राजाद्वारा टीका ग्रहण; दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर टीका लगाउँदै

राष्ट्रपतिले लगाइदिइन् आफ्ना भाइलाई सप्तरङ्गी टीका राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले […]


पोषण सम्मेलनमा नेपालले आफ्नो सफलता सुनाउने

काठमाडौँ, कात्तिक ११ गते । यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौँमा ‘पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन’ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा नेपालले पोषणका क्षेत्रमा प्राप्त सफलता र आगामी कार्यक्रमका बारेमा विश्वलाई जानकारी दिनेछ । सो पाँचौँ विश्व सम्मेलन दक्षिण एशियामा पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । नेपालले पछिल्लो समय […]


असंलग्न आन्दोलनमा नेपालले भूमिका बढाउने

काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला राष्ट्रबीचको सहअस्तित्व र सार्वभौम स्वतन्त्रता नै असंलग्न आन्दोलन(नाम)को अभिष्ट रहेकाले नेपालले यसमा आफ्नो भूमिका बढाउँदै लाने बताउनुभएको छ । अजरबैजानको बाकुमा सम्पन्न नामको १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले नामका सदस्य रहेका कतिपय राष्ट्रबीचको आपसी तनावलाई संवादका […]


स्वदेशी विद्युतबाटै देशभर उज्यालो बनाउँदै प्राधिकरण

काठमाडौँ, कात्तिक ९ गते । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter