एक्सक्लुसिभ समाचार

पर्यटकको पखाईमा झोवाङको शीतल गुफा

पोखरा, असार १२ गते । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ ।कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित प्राचीन गुफामा आवश्यक भौतिक संरचनाको […]


सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन; स्थानीय तहको बजेट : पूर्वाधार विकासमै जोड

काठमाडौँ, असार ११ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा÷नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार बजेटको आय–व्ययसहितको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ […]


शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्षलाई सँगै लानुपर्छ : अध्यक्ष दाहाल

चितवन, असार १० गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको […]


कार्यालयको गल्तीमा सेवाग्राहीले अब जरिवाना तिर्ननपर्ने

काठमाडौँ, असार ९ गते । चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ । नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ […]


आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ – अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, असार ८ गते । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारी, नीजि र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न […]


देशको माया गर्ने जनशक्ति चाहियो – शिक्षामन्त्री; प्रदेशस्तरीय विशेष शिक्षा आवासीय विद्यालय बन्दै

नारायणपुर,असार ७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताउनुभएको छ । दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । जीवनशैली भन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उहाँले अब […]


‘नर्सिङ गुरुआमा’ आएपछि महिनावारीमा छात्रालाई सुविधा

चितवन, असार ६ गते । झापाको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नर्सिङ सेवा शुरु भएपछि छात्राहरुलाई महिनावारीका बेला स्वास्थ्य परामर्श लिन सुविधा भएको छ । १ नं प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाको एक सामुदायिक विद्यालयमा नमूना नर्सिङ सेवा सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत ‘नर्सिङ गुरुआमा’को रुपमा स्टाफ नर्स प्रतिभा थापाले गत चैतदेखि देवी माध्यमिक विद्यालयमा नियमित सेवा शुरु […]


संशोधित कार्यक्रम र योजनाअनुसार पुनःनिर्माण

काठमाडौँ, असार ५ गते । विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको आजको बैठकमा दातृ निकाय तथा विकास साझेदार संस्थाले संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्राधिकरणले पेश गरेको नेपालको पुनःनिर्माण र […]


परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, जेठ ४ गते । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गर्नुभयो । “राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र […]


भूमि व्यवस्था मन्त्रालयद्वारा गुठी विधेयक फिर्ता; जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार- प्रधानमन्त्री

काठमाडौं असार ३ गते । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter