एक्सक्लुसिभ समाचार

सीप सिकेकामध्ये ७० प्रतिशत रोजगारोन्मुख

नेपालगञ्ज, असार २ गते । नेपालगञ्ज—१ धम्बोझीकी सुमित्रा सारु मगरलाई सीप सिकेर व्यवसाय गर्ने चाहना छ । त्यसैले अहिले उनी नेपालगञ्जस्थित व्यावसायिक तालीम केन्द्रमा सिलाइकटाइ सम्बन्धी तालीम लिइरहनुभएको छ । ‘तालीम लिएपछि कसैसँग काम माग्न जानु पर्दैन, आपैmले रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ र परिवारको गर्जोे टार्न सकिन्छ’—सारुमगरले बताउनुभयो । सारुमगर जस्तै केन्द्रवाट विभिन्न व्यवसायमूलक […]


अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

काठमाडौँ, असार १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ । सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’ नेपालको विकासका महत्वपूर्ण साझेदार […]


थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट

भउचप्रसाद यादव / काठमाडौँ, जेठ ३२ गते । थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ । ‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास […]


जो नेपाली नोटका डिजाइनर थिए…

काठमाडौँ, जेठ ३१ गते । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो । उक्त सजिव चित्रमात्रै […]


गाईपालनको ‘हब’ बन्दै मेचीनगर

भद्रपुर, जेठ ३० गते । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ । मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ […]


निकुञ्जभित्र सडक निर्माण सम्बन्धी कुनै कार्य नगर्न परमादेश

काठमाडौँ, जेठ २९ गते । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माण सम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले गत फागुन दुई गते जारी गरेको परमादेशको पूर्णपाठ आज सार्वजनिक गर्दै सो निकुञ्जभित्र सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय […]


छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

विदुर, जेठ २८ गते । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन […]


‘रनवे रिह्याब’ को मुख्य काम सकियो

काठमाडौँ, जेठ २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम […]


राष्ट्रपति भण्डारी रातो भोटोजात्रामा सरिक; भोटो जात्राः यस पालि पनि प्रमाण आएन

ललितपुर, जेठ २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा आज सरिक हुनुभएको छ । राष्ट्रप्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ । सोही अवसरमा उहाँले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गर्नुभयो । अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो […]


असहाय बालबालिकाको अभिभावक रेन्बो

पोखरा, जेठ २५ गते । समाजका गरीब, विपन्न एवं असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर अभिभावक बनेको छ । सानो उमेरमा आमाबुबा गुमाएसँगै बेसहारा बनेका बालबालिकाको लागि सो बालगृह अभिभावक बनेको छ । स्याङ्जाको ग्रामीण क्षेत्रमा आफन्त गुमाएपछि कष्टकर जीवन बिताउन बाध्य एकै परिवारका तीन जना बालबालिकालाई ल्याएर २०६२ सालमा शुरु गरिएको बालगृहले अहिले ६५ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter