एक्सक्लुसिभ समाचार

द्रुतमार्गको डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

काठमाडौँ, जेठ १४ गते । प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण सम्बन्धमा भइरहेको कार्यप्रगति र समस्याबारे जानकारी लिएपछि समितिको आजको बैठकले आयोजना समयमै सम्पन्न गर्न तत्काल डिपिआर स्वीकृत गरी सहजरुपमा महत्वपूर्ण काम अघि बढाउन बाटो […]


नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत, प्रतिव्यक्ति आय १ लाख १७ हजार

काठमाडौं–सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको जानकारी दिँदै […]


यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

रमेश लम्साल, सिन्धुपाल्चोक, जेठ १२ गते । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी […]


जसले चुनौतीको चुचुरो चुम्दै इतिहास बनाए

काठमाडौँ, जेठ १० गते । इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदैहैन । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ राष्ट्रियता झल्कन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि उचाइ) को मापन पहिलोपटक नेपाल आफैँले नाप्न सक्छ भन्ने […]


विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ – प्रम

काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले […]


छ हजार ट्याक्सीको मिटर भाडा समायोजन

काठमाडौं, जेठ ८ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो […]


विकास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह

काठमाडौँ, जेठ ७ गते । काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, […]


पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ, जेठ ६ गते । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको […]


सङ्घीय संसद्, प्रधानमन्त्री आवाससहित ५१ वटा संरचना निर्माण गर्न आठ करोड बजेट

काठमाडौँ, जेठ ५ गते । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगामी आर्थिक वर्षमा नयाँ आयोजनाका लागि मन्त्रालयलाई रु २२ करोड मात्र रकम विनियोजन हुने सङ्केत मिलेको जानकारी दिनुभएको छ । विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “कामको बोझ बढिरहेकैछ, नयाँ आयोजनाका लागि खासै बजेट प्राप्त गर्न सकिएको छैन, रु ७३ अर्बको पुरानै दायित्वछ […]


लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो; लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम गरिने : प्रम ओली

रुपन्देही, जेठ ४ गते । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो । उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश नं ५ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter