एक्सक्लुसिभ समाचार

अधिकारीका अधूरा सपना पूरा गर्ने प्रतिबद्धता

पोखरा, फागुन २१ गते । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताउनुभएको छ । निधनको साताँंै दिन आज स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उहाँको […]


नेपालीस्याट–१’ भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिने

ललितपुर, फागुन २० गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् […]


राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

काठमाडौँ, फागुन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने […]


प्राविधिक शिक्षा सञ्चालन गर्न डेढ करोड; विपन्नको घर छाउदै स्थानीय सरकार

गलकोट, फागुन १८ गते । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न रु एक करोड ६५ लाख सहयोग सङ्कलन भएको छ । विद्यालयले ७ देखि १६ गतेसम्म सञ्चालन गरेको स्वर्ण महोत्सवमा सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, जिल्लाका सम्पूर्ण पालिका, विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिलगायत […]


नेपाल शोकमय; प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, फागुन १७ गते । दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका […]


हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि; रवीन्द्र स्मृति उद्यान नामकरण

काठमाडौँ, फागुन १६ गते । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शव परीक्षणको जटिताका कारण श्रद्धाञ्जलिको कार्यक्रम […]


सङ्घीयताबाटै समृद्घि सम्भव

काठमाडौँ, फागुन १५ गते । विसं २०७२ मा नेपालको संविधान जारी भएर मुलुक सङ्घीय गणतन्त्रात्मक बन्यो । यो संविधान आउनु अघि २०६३ को अन्तरिम संविधानबाट नै मुलुक सङ्घीय गणतन्त्रमा गएको भए पनि यसलाई संस्थागत गर्न जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा निर्मित संविधानबाट नै मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भएको भने २०७२ असोज ३ मा हो । नेपाल किन […]


राष्ट्रिय हितका विषयमा खुला छलफल गर्न प्रमको निर्देशन

काठमाडौँ, फागुन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे छ । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री […]


३४ अर्बको खाद्य पदार्थ आयात

काठमाडौँ, फागुन १३ गते । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात रु ३४ अर्ब २१ करोड बराबरको […]


काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै

काठमाडौँ, फागुन १२ गते । विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ । ती वितरण केन्द्रअन्तर्गतको विद्युत्को […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter