एक्सक्लुसिभ समाचार

सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन शुरु

गाईघाट, माघ १५ गते । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन गरेको हो । टोलीले त्रियुगा नगरपालिका क्षेत्रको भातीखर्क, चाँप, […]


मेहनत र आत्मविश्वासले बनाइदियो महिलालाई प्याराग्लाइडर

चिप्लेढुंगा, माघ १३ गते । पोखरा लेकसाइडकी प्रतिभा भुजेल चरा जस्तै उडेका दृश्य देखेर मुग्ध हुन्थिन् र मनभरि त्यस्तै सपना देख्दै हुर्किइन् । त्यो सपना पूरा गर्न उनले कुनै कसूर बाँकी राखिनन् । निरन्तरको मेहनतले आफूलाई अन्ततः प्याराग्लाइडिङ्ग पाइलटका रुपमा स्थापित गर्न उनी सफल भइन् । यद्यपि, नेपाली समाजमा अझै पनि महिलाको आत्मविश्वास र क्षमतालाई […]


अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने; धुर्मुस र सुन्तली सद्भावनादूत

चितवन, माघ १३ गते । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा […]


अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ह्याप्पी बेबी जोन’

काठमाडौँ, माघ १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ । विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री तथा बाहिरी सुधारका काम धमाधम भइरहेको छ । नेपालको परम्परागत, कला र संस्कृति झल्कने वस्तुको सजावटदेखि भवनभित्रका विभिन्न […]


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौँ, माघ ११ गते । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा […]


पर्यटन विकासका लागि साझा कार्यसूची बनाउँदै

बलेवा, माघ १० गते । पर्यटन क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ पालिकाको बीचमा सहकार्य हुने भएको छ । पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ पालिकाको बीचमा सहकार्य हुने भएको छ । यसका लागि संयुक्त कार्यशाला गोष्ठीको तयारी थालिएको छ । […]


रारा तालको प्रवद्र्धन गर्न पूर्वाधार निर्माण जरुरी

मुगु, माघ ९ गते । कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्ने अभियान अन्तर्गत अहिले यहाँ नियमित सरसफाइ, जाँच, गस्ती, वन पैदावारको संरक्षण जस्ता कार्यक्रमहरु शुरु गरिएका छन् । पछिल्लो समय यो ताल अवलोकन गर्न […]


सरकारीे औषधालयबाट एक करोड ८१ लाख नाफा; माडीवासीलाई सहज बनाउँदै निकुञ्ज

चितवन, माघ ८ गते । भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ । अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ महीनामा रु छ करोड १५ लाख ६० हजार बराबरको औषधि बिक्री […]


पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने

काठमाडौँ, माघ ७ गते । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाको योजना चालु आवमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी […]


उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ, माघ ६ गते । काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter