एक्सक्लुसिभ समाचार

सन् २०१८: निर्वाचन र सङ्घीयता कार्यान्वयनको वर्ष

काठमाडौँ, पुस १५ गते । सन् २०१८ विभिन्न राजनीतिक उतारचढावका घटनाले विश्व राजनीतिक मञ्चमा अविस्मरणीय रहे झैं नेपालका लागि पनि यो वर्षलाई निर्वाचन र सङ्घीयता कार्यान्वयनको दृष्टिले सम्झनलायक बनायो । सन् २०१८ मा नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नयाँ सरकार गठन र राजनीतिक स्थिरताको शुरुआत भयो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले संविधानअनुसार २७५ […]


तरकारीमा आत्मनिर्भर बन्दै थारू महिला

दाङ, पुस १४ गते । तुलसीपुर उपमहानगरपालिका–१५ धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारी खेती गरेर आर्थिकरुपमा आत्मनिर्भर बन्दै गएका छन् । सोमध्येकी एक हुनुहुन्छ ४२ वर्षीया स्यानी चौधरी । उहाँले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला कृषकको रुपमा चिनाउनुभएको छ । उहाँले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक रु चार लाखसम्म […]


राष्ट्रिय पुस्तकालयले ६१ वर्षपछि आफ्नै भवन पाउँदै

सुभानु आचार्य / गोदावरी, पुस १३ गते । छ दशकसम्म अव्यवस्थित नेपाल राष्ट्रिय पुस्तकालयले अन्ततः आफ्नै भवन पाउने भएको छ । ललितपुरको हरिहरभवनस्थित भवनमा सञ्चालन हुँदै आएको उक्त पुस्तकालयको नयाँ भवन राजधानीको जमलमा निर्माण गरिने भएको छ । मन्त्रिपरिषद्को निणर्यअनुसार जमलस्थित सात रोपनी १५ आना तीन दाम त्रिभुवन विश्वविद्यालयको तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको जग्गामा पुस्तकालयको […]


धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, पुस १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो । नेपालीको प्यारो […]


अधिकारबारे जनप्रतिनिधि नै अनभिज्ञ (आलेख)

काशीराम शर्मा / बाँके, पुस ११ गते । धेरै जनप्रतिनिधिलाई अहिलेसम्म आफूले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका बारेमा राम्रो ज्ञान छैन । जनप्रतिनिधिहरू स्वयंले स्थानीय तहसँग सम्बन्धित कतिपय विषयमा आफूलाई पर्याप्त ज्ञान नहुँदा काममा असहज भइरहेको इमानदारीपूर्वक सार्वजनिकरूपमै व्यक्त गर्न थालेका छन् । पहिलो पटक नयाँ संरचनाअनुसार धेरै अधिकारसहितको स्थानीय तहको व्यवस्था गरिएकाले पनि शुरुका […]


राष्ट्रका लागि पदक दिलाउँदा खुशी छु– महर्जन

काठमाडौँ, पुस १० गते । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्कनुभएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले […]


‘नेपालको भरपर्दो सहयोगी जापान’

काठमाडौँ, पुस ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताउनुभएको छ । हात्तिगौडा सेवा समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल जापानबीचको मैत्रीपूर्ण सम्बन्ध’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक विकासमा जापान सरकारले उपलब्ध गराएको सहयोग महत्वपूर्ण र दीर्घकालसम्म सकारात्मक प्रभाव […]


उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै

काठमाडौँ, पुस ८ गते । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो […]


सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

काठमाडौँ, पुस ७ गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका सभापति […]


कोटेश्वर–कलङ्की सडक हस्तान्तरणको टुङ्गो लागेन

ललितपुर, पुस ६ गते । कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक निर्माणको काम तोकिएको समयमा सकिएको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter