एक्सक्लुसिभ समाचार

बाह्र दशमलव दुई किलोमिटर पाइप ओछ्याउन बाँकी

वीरगञ्ज, पुस ५ गते । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ । “तीव्र गतिमा बाँकी काम भइरहेको छ”, […]


उपनिर्वाचनका लागि वातावरण बनाउन निर्देशन

काठमाडौँ, पुस ४ गते । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी चैत वैशाखभित्र निर्वाचनको तयारीका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले स्थानीय सरकारको रुपमा रहेका जनप्रतिनिधिको पद लामो समयदेखि रिक्त रहँदा जनतामा सेवा प्रवाह प्रभावित हुने पक्षलाई हेक्का राख्दै प्रदेश र स्थानीय […]


युवाको जीवन धराप’मा राख्ने अवस्थाले अब निरन्तरता पाउँदैनः श्रममन्त्री

काठमाडौँ, पुस ३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले आयोजना गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “अझै पनि वैदेशिक रोजगारीका क्षेत्रमा […]


अब्बल बन्दैछन् सामुदायिक विद्यालय…

घोराही, पुस २ गते । दाङको घोराहीस्थित पद्मोदय नमूना माध्यामिक विद्यालयमा अहिले करीब पाँच हजार विद्यार्थी नियमित अध्ययनरत छन् । सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थीको सङ्ख्या सायदै कुनै विद्यालयमा होला । प्रत्येक दिन हाजिरी हुने र अध्यापन गराउने शिक्षक पौने दुई सय पुगिसकेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयको सङ्ख्या बढ्नुको साटो मर्ज हुँदैछन । […]


पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह

काठमाडौँ, पुस १ गते । सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य वृद्धिले नेपालको […]


आइतबारदेखि उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’

काठमाडौँ, मङ्सिर २९ गते । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस […]


पर्यटक लोभ्याउँदै सत्खलुवा ताल (आलेख)

बाँके, मङ्सिर २८ गते । धान र तोरी मनग्य फल्ने फाँटहरु, वनजङ्गल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि […]


मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, मङ्सिर २७ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु ललितपुरको खोकना र बुङ्गमती क्षेत्रमा देखिएको मुआब्जा विवादबारे स्थानीय जनताका मागलाई अधिकतम सम्बोधन गरेर आयोजना अघि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रक्षामन्त्री पोखरेलले राष्ट्रिय गौरवका यस्ता आयोजना निर्माण र समृद्धिको अभियान सञ्चालन गर्दा आफ्ना केही गुनासा […]


मुकुण्डो बनाएरै चिनिए कलाकार सुरज

काठमाडौँ, मङ्सिर २६ गते । कला सिर्जनामा धेरै समय र मेहनत पर्छ । पाटनका नेवार समुदाय नथाकिकन निरन्तर कला सिर्जनामा लाग्ने एक वर्ग हो । पाटनको कलाकारिता देशभित्र मात्र हैन विदेशमा पनि उत्तिकै लोकप्रिय छ । ललितपुरका वरिष्ठ कलाकार सुरज शाक्य एक श्रमजीवी कलाकार हुनुहुन्छ । नेपाल भाषामा ‘ख्वाःपा’ भनिने मुकुण्डो बनाउने पेशामा दशकौँ बिताई […]


लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था छैन ः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, मङ्सिर २५ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका आम सूचक सकारात्मक रहेकाले शेयर लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उहाँले राष्ट्रिय पूँजी निर्माणको आधार शेयरबजारलाई बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूँजी बजारमा देखिएको उतारचढावप्रति सरकार सजग छ, शेयर बजारलाई पारदर्शी, […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter