एक्सक्लुसिभ समाचार

प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु

रुपन्देही, मङ्सिर २४ गते । प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करार खेती कार्यक्रम अघि सारेको हो । जग्गा अभावमा खेती गर्न नपाएका किसानलाई मन्त्रालयले करारमा जग्गा उपलब्ध गराउने नयाँ योजना ल्याएपछि करार खेतीका लागि ६५ जना […]


अकबरे खुर्सानी बेचेर दुई लाख आम्दानी

कुश्मा, मङ्सिर २१ गते । रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहनुभएको हो । आठ रोपनी जमीनमा खुर्सानी लगाउनुभएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु […]


सामाजिक सुरक्षा योजनाः रोजगारदाताको उत्साहजनक सहभागिता

काठमाडौँ, मङ्सिर २१ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । बिहीबारसम्म सामाजिक सुरक्षा कोषमा १९४ रोजगारदाता कम्पनी सूचीकृत भइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी काठमाडाँै उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई यही मङ्सिर ६ देखि आगामी […]


‘स्मार्ट भिलेज’बनाउन प्रेरित गर्दै नास्ट

काठमाडौँ, मङ्सिर २० गते । गाउँमा शहरी क्षेत्रमा जस्तै वाइफाईको सहज सुविधा हुनेछ । पहिरोको सम्भावित क्षेत्रवरपर वस्ने नागरिकले पहिरो आउनुभन्दा केही समयपहिले नै पूर्वसूचना पाउनेछन् । भूकम्पको पूर्वसूचना पाएकै आधारमा आउनु पहिले नै सबै पूर्वतयारीमा लाग्नेछन् । जम्मा भएको पोलिथिनलगायत फोहर दिनका लागि नागरिकले पैसा तिर्ने होइन उल्टो पाउनेछन् । विद्युतीय सवारीसाधनका कारण धुँवा […]


प्रदेश नं ३ : पाँच सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित गरिने

हेटौंडा, मङ्सिर १९ गते । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताउनुभएको छ । काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताउनुभयो । सरकारले विसं […]


फेरि त्रिविमा विद्यार्थी बढे

काठमाडौँ, मङ्सिर १८ गते । केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो । त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा डा […]


स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै युवा

पोखरा, मङ्सिर १७ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ । अध्ययनका लागि विदेशिएका युवा उतै भासिने गरेको वास्तविकतामा क्षेत्री भने स्वदेशकै सम्भावनालाई उपयोग गर्नुपर्ने सोचका साथ आफू नेपाल फर्किएको बताउनुहुन्छ । मेकानिकल इञ्जिनीयर विषयमा अमेरिकामा पाँच वर्ष […]


मेलम्चीको पानी छिटै राजधानीमा झार्ने प्रतिबद्धता

काठमाडौँ, मङ्सिर १६ गते । उपत्यकावासीको आशाको बिन्दु बनेको मेलम्चीको पानी ६० दिनमा राजधानीमा झार्ने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको छ । यसअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै आएको छ । वर्तमान सरकार गठन भएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विना मगरले दशैँको उपहारस्वरुप राजधानीवासीका धारामा मेलम्चीको पानी दिने सार्वजनिक घोषणा गर्नुभएको […]


दूरदराजमा लगानी गर्नुहोस् ः प्रम ओली

काठमाडौँ, मङ्सिर १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्नका नाममा सञ्चालन भएका लघुवित्त संस्थाले रु १८ प्रतिशतसम्म ब्याज असुली गरेको कुरा सुनिन आएकाले त्यसतर्फ नियमन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभएको छ । काठमाडौँमा आजदेखि शुरु भएको दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विभिन्न बैंकसँग रु १२ प्रतिशतदेखि १३ प्रतिशतसम्मको ब्याजमा ऋण […]


नयाँ वर्षमा पाइपबाट तेल

शिवशङ्कर मिश्र / बारा, मङ्सिर १४ गते । नयाँ वर्ष २०७६ को पहिलो साता पाइपलाइनबाट तेल भित्रिने दाबी गरिएको छ । अमलेखगञ्ज डिपोका क्षेत्रीय प्रमुख प्रदीप यादवले त्यसका लागि कार्य द्रुत रूपमा भइरहेको बताउनुभयो । भारतबाट नेपालका लागि आयात हुने पेट्रोल, डिजल र मट्टीतेलको मोतीहारी, रक्सौल हुँदै अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य भइरहेको हो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter