एक्सक्लुसिभ समाचार

आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

काठमाडौँ, चैत २८ गते । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त […]


मेलम्चीको सुरुङ छिचोलियो, दशैँअगावै धारामा पानी

काठमाडौँ, चैत २७ गते । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको […]


प्रधानमन्त्री ओलीको भारत भ्रमण – दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा

काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ । नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ । सगरमाथाको देशलाई […]


प्रधानमन्त्री ओली स्वदेश फिर्ता; प्रम ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौँ, चैत २५ गते । भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ गते भारत गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा भारतको राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताहरुसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका […]


नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी ; भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी भएको जारी भएको छ । संयुक्त वक्तब्यमा ओली–मोदीबीच दुई देशबीचको विविध पक्षमा समिक्षा हुनुका साथै सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा बिचार विमर्श भएको उल्लेख छ । यस्तै नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम […]


नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नयाँदिल्ली, चैत २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताउनुभएको छ । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताउनुभयो । नेपालको प्रमुख कार्यसूची […]


भारतसँगका सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ, चैत २२ गते । निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई छिमेकी मुलुकसँगको सम्बन्धलाई […]


सहकारी मार्फत नै आर्थिक समृद्वि- प्रम ओली

भेषराज बेल्बासे काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो विकासमा पछि परेको मुलुकको आर्थिक समृद्धि हासिल गर्ने उपयुक्त माध्यम नै सहकारी अभियान भएको बताउनुभएको छ । सहकारी अभियानको शीर्षस्थ निकाय नेपाल सरकार कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा शुरु भएको दोस्रो सहकारी […]


प्रमको भारत भ्रमण स्वीकृत

काठमाडौँ, चैत २० गते । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा […]


समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता – प्रधानमन्त्री

काठमाडौँ, चैत १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter