एक्सक्लुसिभ समाचार

मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति

काठमाडौँ, चैत ७ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले प्राविधिकले राम्रो काम गरेपनि कतिपय कमजोरीले पुल भत्कने, सडकको कालोपत्र उप्कने जस्ता समस्या आउने उल्लेख गर्नुभयो । उत्पादनशीलको पनि आधाले मात्र काम […]


आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्

काठमाडौँ, चैत ६ गते । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ […]


तीन लाखभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता पाउन योग्य; उपत्यकामा पुनःनिर्माणलाई गति दिन निर्देशन

काठमाडौँ, चैत ५ गते ।भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गति लिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन […]


१६ हजारलाई सीपमूलक तालीम दिइने

काठमाडौँ, चैत ४ गते । सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख […]


राष्ट्रिय गौरवका आयोजनामा प्राथमिकता, सहज छैन कार्यान्वयन

काठमाडौँ, चैत ३ गते । सरकारले निर्माणाधीन जलविद्युत् तथा सिँचाइ आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्न हदैसम्मको जोडबल गर्ने भएको छ । नवगठित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफू मातहत रहेका राष्ट्रिय गौरवको आयोजनालाई पहिलो प्राथमिकतामा राखी तदारुकता दिने भएको हो । विगतमा राजनीतिक अस्थिरताका कारण वर्षौंपिच्छे बदलिने मन्त्री, कर्मचारी प्रशासन तथा आयोजना प्रमुखका कारण […]


तेस्रो पटक मन्त्रिमण्डल विस्तार

काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, […]


विश्वकप छनोट क्रिकेटः नेपालले पपुवा न्यूगिनीलाई हरायो

काठमाडौं । विश्वकप छनोट क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएको छ । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको हो । पपुवा न्यूगिनीले दिएको ११५ रनको चुनौतीलाई नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । पपुवा न्यूगिनीको चार विकेट लिलुका साथै अर्धशतक पारी […]


कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा

बर्दिवास, फागुन ३० गते । ‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् । रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् । ‘पासपोर्ट बनाएर […]


राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

काठमाडौँ, फागुन २९ गते । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा संघीय […]


बंगला विमान दुर्घटना; ४९ जनाको मृत्यु ; विमान दुर्घटनाबारे जाँचबुझ गर्न ६ सदस्यीय आयोग गठन

काठमाडौँ, फागुन २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter