एक्सक्लुसिभ समाचार

वैदेशिक रोजगारीका समस्या समाधान गर्न अन्तर मन्त्रालय समन्वयको माग

काठमाडौँ, साउन ४ गते । वैदेशिक रोजागारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइएको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजागार क्षेत्रमा देखिएका समस्या समाधानमा अन्तर मन्त्रालय समन्वय नभएको, विदेशस्थित नेपाली राजदूतावासले अलपत्र परेका कामदारलाई सहयोग नगरेको, रोजगारीका […]


आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन

काठमाडौँ, साउन ३ गते । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ । अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो । उपसमितिले उक्त अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन बुझाउने […]


लगानी वोर्डको काम सन्तोषजनक भएन,वनले समस्या : महाप्रसाद अधिकारी

रमेश लम्साल / काठमाडौँ। आफूले अगाडि बढाएका पाँचवटै जलविद्युत् आयोजनाको कार्याप्रगति लगानी बोर्ड आफैले असन्तोष ब्यक्त गरेको छ। कुल ५०० मेगावाट माथिका जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको बोर्डले आफ्नै कार्यप्रगति प्रभावकारी हुन नसकेको बताएको हो। बोर्डले माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती, माथिल्लो मस्र्याङ्दी र तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको […]


स्कुलमा तरकारी खेतीबाट १० कराेड अाम्दानी !

काठमाडौँ, असार ३१ गते । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा […]


एनसेलसँग कर असुलउपर गर्न संसदीय समितिको निर्देशन’

काठमाडौँ, असार २९ गते । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर रु ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो । समितिले […]


सिंहदरबारको अधिकार गाउँमा लैजाने विधेयक नआएको सांसदको धारणा

काठमाडौँ, असार २८ गते । स्थानीय तह निर्वाचन पूर्व सबैजसो दलले आफ्नो घोषणापत्रमा ‘सिंहदरबारको अधिकार गाउँमा’ लाने उल्लेख गरेका थिए । नयाँ संविधानअनुकूल अधिकारसम्पन्न स्थानीय तहलाई व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्थापिका–संसद्मा प्रस्तुत विभिन्न विधेयकले उल्टै ती तहको अधिकार सङ्कुचित बनाउने काम गरेको टिप्पणी तीनै दलका सांसदहरुले गर्नुभएको छ । संसद्को आजको बैठकमा सैद्धान्तिक छलफल […]


कैलालीमा ८५ प्रतिशत धान रोपाइँ

धनगढी, असार २७ गते । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ । यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताउनुभयो । जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी […]


होमस्टे सञ्चालनमा नआउँदा पर्यटक घटे

भीमेश्वर (दोलखा), असार २६ गते । भूकम्पपछि बन्द भएका होमस्टे (घरबास) सञ्चालन नआउँदा भीमेश्वर मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकमा कमी आएको छ । भूकम्पले घरमा क्षति पु¥याएपछि ऐतिहासिक र धार्मिक महत्व बोकेको भीमेश्वर मन्दिरवरपर भएका ३० वटा होमस्टे सञ्चालनमा आउन सकेका छैनन् । सो मन्दिरमा शनिबार र मङ्गलबार भक्तजनको घुइँचो लाग्ने गर्दछ […]


ताप्लेजुङ अलैंची बिरूवामा आत्मनिर्भर

चन्द्र पन्दाक / ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङ जिल्ला अलैंचीको बिरुवामा आत्मनिर्भर बनेको छ । पछिल्लो वर्ष जिल्लाका किसान आफैँले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेसँगै अलैंची बिरुवाका लागि जिल्ला आत्मनिर्भर बनेको हो । गएको वर्षदेखि बिरुवाका लागि आत्मनिर्भर मात्र नभई अलैंची बिरुवा जिल्ला बाहिर पठाउन सक्ने क्षमतासमेत ताप्लेजुङले बनाएको छ । करिब तीन […]


बूढीगण्डकी प्रभावित थप ३१५ जनालाई मुआब्जा दिइने

गोरखा, असार २२ गते । बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् । मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो। प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter