एक्सक्लुसिभ समाचार

खै कसरी सिंहदरबार घरघरमा पुग्ला

राधा चालिसे / काठमाडौँ, साउन १४ गते । पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका उपप्रमुखदेखि गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचित महिला जनप्रतिनिधि यतिखेर संविधानले तोकेका आफ्ना जिम्मेवारी सुरु गर्न नसकेकोमा चिन्तित छन् । स्थानीय निकाय सञ्चालनसम्बन्धी कानुन नबन्दा काम सुरु गर्न नसकेको उनीहरूको गुनासो छ । पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिले […]


मानवीय कारणले सर्प लोप हुँदै

रत्ननगर (चितवन), साउन १३ गते । वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ । मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । आज नागपञ्चमी पर्व हिन्दूहरुले घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर धुमधामसंग मनाइरहँदा पनि सर्प देख्नेबित्तीकै मार्ने प्रवृत्ति कायमै छ । “सर्पले […]


‘स्थानीय तह सञ्चालनसम्बन्धी कानून तत्काल दिनुस्’

काठमाडौँ, साउन १२ गते । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी गराउन थालिएको छ । नेपाल कानून समाजले पहिलो चरणमा स्थानीय शासन विधेयक, २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश निर्माण र कार्यान्वयबारे जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्य आज ललितपुरबाट शुरु गरेको हो । कार्यपालिका, व्यवस्थापकीय र […]


मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ

काठमाडौँ, साउन ११ गते । प्रधानमन्त्रीशेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार […]


माछाबाट एकै सिजनमा पचहत्तर लाख आम्दानी

टीकाबहादुर बस्नेत / दाङ, साउन ११ गते । दाङको मोतीपुरका दीपक भण्डारीको धेरैजसो समय माछासँग बित्छ । तुलसीपुर नगरपालिका वडा नं. २० मा पर्ने मोतिपुरमा भण्डारीले माछापालन गर्दै आउनुभएको छ । घर नजिकै रहेको पोखरीमा माछाको हेरचाह गर्दैमा उहाँको धेरैजसो समय बित्छ । केही वर्ष पहिलेसम्म धान खेती हँुदै आएको जग्गामा पोखरी निर्माण गरेर भण्डरीले माछापालन […]


स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेमा नेपाल अग्रस्थानमा;  सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रम देउवा

काठमाडौँ, साउन ९ गते । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पु¥याएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्काे उपलब्धि हासिल गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव प्रा डा किरण रेग्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी […]


रु पाँच अर्बको हस्तकलाका सामान विदेशमा निर्यात

काठमाडौँ, साउन ८ गते । आर्थिक वर्ष २०७३÷०७४ मा रु चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, […]


चीनसँग सडक सञ्जालले जोडियो ओलाङचुङ्गोला

ताप्लेजुङ, साउन ७ गते । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका […]


नेपाल आइकाओ सुरक्षा सूचीबाट मुक्त

सिबी अधिकारी- काठमाडौँ, साउन ६ गते । नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट हटेको छ । आइकाओले सन् २०१३(२०६९।७०) देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको मूल्यांकनका आधारमा उक्त सूचीबाट हटाएको हो । आइकाओको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिको बिहीबार बसेको बैठकले नेपाललाई सुरक्षा सूचीबाट हटाइएको औपचारिक रुपमा […]


निजी वन हुर्काउने कुसुम नेपालकै उत्कृष्ट

इलाम, साउन ५ गते । निजीरूपमा वन जंगल हुर्काउने र त्यसबाट मनग्ये आम्दानी र मान सम्मान पाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ इलामको माईजोगमाई गाउँपालिका–१ की कुसुम दाहाल । दुई वर्ष अगाडि इलाममा सुरू भएको निजी वन दर्ता र वन रेखदेखमा सक्रिय उहाँले हालै रु ७५ हजारको निजी वन राष्ट्रिय पुरस्कार हात पार्न सफल हुनुभएको […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter