एक्सक्लुसिभ समाचार

सर्वोच्च अदालतद्वारा कार्कीको नियुक्ति नै बदर

कालिका खड्का, काठमाडौँ, २४ पुस । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको हो । आदेशमा भनिएको छ, “संविधानबमोजिम गरिएको नियुक्ति र प्रमुख आयुक्त पदको […]


संविधान संशोधन विधेयकः टेबलको तयारी, तत्काल सहमतिको सम्भावना क्षीण

नारायणप्रसाद न्यौपाने / काठमाडौँ, २३ पुस । व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखाएको छ । सर्वाेच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख्या र विश्लेषणले समस्यालाई ज्यूँका त्यूँ राखेको हँुदा विश्वास […]


प्राकृतिक बासस्थान मिचिएर हात्ती आतङ्क बढ्यो (आलेख)

विक्रम गिरी / सुनसरी, २२ पुस । कोशीटप्पु वन्यजन्तु आरक्षका नायब सुब्बा सुरेन्द्र खड्कालाई कार्यालयको कामकाज फत्ते गर्नेभन्दा पनि कार्यालयबाट निस्कन हतार हुन्छ । उहाँ कार्यालयको कामकाज गर्नबाट पन्छिन खोज्नुभएको भने होइन । गत दसैँयता खड्कालाई दिउँसै कार्यालय छाड्नुपर्ने बाध्यता आइलागेको छ । जङ्गली हात्तीले दिउँसै आरक्षमा आएर आक्रमण गर्न थालेका कारण खड्कालगायत कर्मचारीले हात्तीबाट […]


वन्यजन्तु संरक्षणमा बर्दियाका युवाको उदाहरणीय काम (आलेख)

कल्पना पौडेल / बर्दिया, २१ पुस । खाता क्षेत्र जैविक मार्ग, हरियाली बनाऔँ है, वन्यजन्तु हिँड्ने बाटोमा बाधा नपु¥याऔँ है, इन्डियाको बघिनी नेपालमा आउने, नेपालको बाघसँग मायाप्रीति लाउने । उनीहरूको मायाप्रीति नछुटाऊँ है, वन्यजन्तु हिँड्ने बाटोमा बाधा नपु¥याऊँ है..!’ बर्दिया खाता जैविक मार्गका भदयी थारुले वन्यजन्तु संरक्षणमा लागेका युवालाई उत्साहित गर्न गाउने गीत हो यो […]


देख्नेले पनि दृष्टि विहीनको अनुभूति गरेपछि…..

हरि बास्तोला / पोखरा, २० पुस । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् । विश्व ‘ब्रेल दिवस तथा २०८ औँं लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले […]


गाउँमै आकर्षक आम्दानी

कमल खत्री / म्याग्दी, १९ पुस । स्वदेशमा रोजगारीको अवसर नदेखेर घरखर्च जुटाउनकै लागि विदेश जानेको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारीले जिल्लाका अधिकांश गाउँ युवाविहीन बनिरहेका छन् । अर्कोतर्फ मेहनत र परिश्रम गरे रोजगारीका लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका केही कृषक बन्न थालेका छन् । करिब […]


स्वास्थ्य सेवामा सहयोगी हात बढाउँदै जापानी स्वयम्सेवीहरु (आलेख)

हरि लामिछाने / सिन्धुली, १८ पुस । “नेपाल मेरो दोस्रो गाउँ हो, यहाँ सबैले माया गर्नुहुन्छ, जापानमा यस्तो माया पाएको थिइनँ,” दुई वर्षअघि नेपालमा स्वयम्सेवी भएर आएकी जापानी परिचारिका कानाको कोनले परराष्ट्र, अर्थ, गृह, शिक्षा र जाइकाका प्रतिनिधिलाई यसरी आफ्ना अनुभव सुनाइन् । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरेको सिन्धुली सडक करिडोरमा पर्ने स्थानहरुमा […]


पोखरामा भूकम्पपछि पहिलोपटक शतप्रतिशत पर्यटक

वासुदेव पौडेल / पोखरा, १७ पुस । गत वर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा यतिखेर शतप्रतिशत भरिभराउ भएका छन् । आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पु¥याउन नसकिएको अवस्थामा यस पटक भने नयाँ वर्षको आगमनको दुई दिनयता होटलमा शतप्रतिशत पर्यटक भरिएपछि व्यवसायीमा उत्साह थपिएको छ । अङ्ग्रेजी नयाँ […]


इस्वी सन्को नयाँ वर्ष २०१७ आजदेखि; सन् २०१६ मा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बाह्य सहायता जुटाउन मिश्रित प्रतिफल प्राप्त

काठमाडौँ, १७ पुस । गे्रगोरियन पात्रोअनुसार आज नयाँ वर्ष इस्वी सन् २०१७ सुरु हुँदैछ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको हो । सन्मा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउनुहुन्छ । “इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन […]


नागरिक उड्डयन प्राधिकरणको आम्दानी रु चार अर्बभन्दा बढी; कालोसूचीबाट हटाउने प्रयास जारी

रमेश लम्साल / काठमाडौँ, १६ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३ मा रु चार अर्ब ५२ करोड १४ लाख आम्दानी गरेको छ । गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दीका कारण विगतका वर्षहरूमा यात्रुको आवागमनमा कमी भएको भएपनि आम्दानी बढ्नेक्रम जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको १८ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter