एक्सक्लुसिभ समाचार

निर्माणाधीन अन्तर्राष्ट्रिय चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र

वासुदेव पौडेल / पोखरा, ६ पुस । सात तालको बगैँचा सहर लेखनाथ नगरपालिकाको पचभैयामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको नमुना प्राकृतिक चिडियाखानामा जङ्गली जनावर उद्धार केन्द्र निमाण कार्य अन्तिम चरणमा पुगेको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको वडा नं. ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई […]


अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

रमेश लम्साल / सङ्खुवासभा, ५ पुस । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार हालसम्म करिब ९४ प्रतिशत निजी जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिसकिएको छ । यसै महिनाभित्र बाँकी रहेका सबै जग्गाधनीलाई […]


उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अन्नपूर्ण आधार शिविर (आलेख)

कमल खत्री / म्याग्दी, ४ पुस । समथर फाँटमा नीलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउँदा मन फुरुङ्ग हुनेगर्छ । यो दृश्य म्याग्दीको नारच्याङ गाविसमा रहेको अन्नपूर्ण हिमालको प्रथम आधार शिविरमा पुग्दा देख्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण विश्वप्रसिद्ध अन्नपूर्ण हिमालको प्रथम आधार शिविर नारच्याङ गाविसमा […]


गरिब घरपरिवार’ परिचयपत्र बाँड्ने कार्य अन्योलमा

विक्रम गिरी / काठमाडौँ, ३ पुस । गरिब घरपरिवार भनी पहिचान भएका २५ जिल्लाका करिब तीन लाख ५५ हजार घरधुरीलाई परिचयपत्र बाँड्ने कार्य अन्योलमा परेको छ । गरिब घरपरिवारलाई परिचयपत्रका साथमा सेवासुविधा दिन सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुनै पनि कोष तथा कार्यक्रम नहुँदा परिचयपत्र बाँड्ने कार्य अन्योलमा परेको हो । गरिब घरपरिवारको पहिचान गरी […]


‘टिम्स कार्ड’ छल्ने छल्ने प्रवृतिमा बृद्धि

वासुदेव पौडेल / पोखरा, २ पुस । अन्नपूर्ण पदयात्रा मार्गमा काउन्टर व्यवस्थित हुन नसक्दा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्ड छल्ने क्रम नियन्त्रण हुनसकेको छैन । नेपालमा पर्यटन व्यवसायको महत्वपूर्ण हिस्सा ओगटेको पदयात्रा पर्यटनलाई व्यवस्थापन गर्नका लागि ६ वर्ष अघिदेखि पदयात्रीका लागि अनिवार्य ‘टिम्स कार्ड’ लिनुपर्ने व्यवस्था गरिए पनि अन्नपूर्ण सर्किटमा टिम्स कार्ड छल्दै जाने […]


कालीकोटमा कुपोषण भयावह समस्या

काठमाडौँ, २ पुस । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । अभियानले औषधि, खाद्यान्न र लुगाकपडासहित उक्त दुर्गम भेगमा स्वास्थशिविर गरेको हो । काठमाडौँ र नेपालगन्जबाट अभियानका सहसंयोजक रवीन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालीकोट पुगेको उक्त समूहमा चिकित्साशास्त्रका विद्यार्थी तथा […]


संशोधन प्रस्ताव विफल बनाउन प्रमको चुनौती; संविधान संशोधनको विधेयक फिर्ता हुनुपर्ने– अध्यक्ष ओली

पोखरा, १ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा(एमाले)लगायत विपक्षी दललाई चुनौती दिनुभएको छ । माओवादी केन्द्र प्रदेश नं ४ को प्रशिक्षण भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार छ भन्नुभयो । प्रधानमन्त्रीले संसद्को […]


आर्थिक समृद्धिका लागि जलविद्युत् – प्रधानमन्त्री

काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा सरकारले केही महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको बताउनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएलगत्तै गठन भएको आफ्नो नेतृत्वको सरकारले नै दश वर्षमा दश हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा […]


नेपाल र आइएलओको सहकार्य ५० वर्षमा

काठमाडौँ, २९ मङ्सिर । नेपाल सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)बीच सहकार्य भएको ५० वर्ष पुगेका अवसरमा आज यहाँ विशेष समारोहको आयोजना गरियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आइएलओले अघि सारेको सम्मानजनक कामको नीतिप्रति नेपालले प्रतिबद्धता जनाइसकेको तथा त्यसको पालनासमेत गरिरहेको बताउनुभयो । श्रम र रोजगारका क्षेत्रमा आइएलओसँग सहकार्य गर्दै अघि बढ्न नेपाल […]


तीनलाख ५० हजार आँखारोगीको शल्यक्रिया

काठमाडौँ, २९ मङ्सिर । नेपाल नेत्रज्योति सङ्घले गत वर्ष करिब तीन लाख ५० हजार आँखा रोगीलाई शल्यक्रिया गरी उपचार सेवा पु¥याएको छ । सङ्घले देशका विभिन्न स्थानमा ७४ उपचार केन्द्र तथा १७ वटा अस्पताल स्थापना गरिसकेको छ । सोही केन्द्र, अस्पताल तथा विभिन्न जिल्लाका दुर्गम स्थानमा शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा पु¥याएको हो । बिरामीको […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter