एक्सक्लुसिभ समाचार

सडक सुविधा पुगेपछि बिक्नै छाड्यो संस्थानको चामल

सोलुखुम्बु, १९ असार । सात÷आठ वर्षअघिसम्म दिनहुँ चामल किन्न आउनेको भीड लाग्ने खाद्य संस्थान डिपो कार्यालय सल्लेरी आजभोलि सुनसान छ । सदरमुकाममा सडक सुविधा पुगेपछि खाद्यको चामल किन्न आउने सेवाग्राहीको चाप घटेको हो । । कार्यालयले चालु आवमा एक हजार ७०० क्विन्टल चामाल ढुवानी गरे पनि ४१ क्विन्टल मात्र बिक्री गरेको छ । खाद्य संस्थान […]


असारमा धान रोप्न गाउँमा छैन युवा (आलेख)

कमल खत्री / म्याग्दी, १८ असार । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा चिनिने असारमा म्याग्दीका कृषक धान रोपाइँमा व्यस्त छन् । कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्तिको अभाव भएर खेती लगाउनै समस्या देखिन थालेको छ । वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बनेको कारण असारको हिलोमा धान […]


बुद्ध मूर्ति सार्ने निर्णय विवादमा, नसार्न बौद्ध संस्थाको आग्रह

दीपक घिमिरे / रुपन्देही, १७ असार । रुपन्देही सदरमुकाम भैरहवाको देवकोटा चोकमा रहेको बुद्धको मूर्ति अन्य स्थानमा सारी उक्त स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक राख्ने जिल्लास्तरीय निर्णय विवादमा परेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा गत असार १३ गते बसेको सर्वपक्षीय भेलाले देवकोटा चोकमा महाकवि देवकोटाको प्रतिमा राख्ने निर्णयप्रति बुद्ध […]


उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

काठमाडौँ, १६ असार । काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने […]


खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएकोे छ । संसद्को आजको बैठकले ‘नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२’ पारित गरेपछि यसले कानुनी मान्यता पाउने भएको हो । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले गत वैशाख ७ गते सो […]


‘कृषि र पर्यटन सँगसँगै’ लाने धान दिवसको संकल्प

नारायण ढुङ्गाना / चितवन, १५ असार । कृषि क्षेत्र विकास गर्नलाई । अघि बढाँै तन र मन लगाई । सँगसँगै कृषि पर्यटन……. चितवनको रत्ननगर–१८ सौराहामा रहेको वरपिपल कृषक महिला समूहकी रेनुका पौडेल, सीता रिजाल र निर्मला ढकालले भाका हालेर गीत गाउँदा उपस्थित कृषकको मन फुरुङ्ग थियो । त्यसमा पर्यटन व्यवसायी र अतिथिले पनि समर्थन जनाए […]


सन्दर्भ राष्ट्रिय धान दिवस; व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार

अन्जली रम्तेल / काठमाडौँ, १४ असार । प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ भोलि मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख […]


गौतम बुद्ध विमानस्थलको लक्ष्य : दैनिक साठी अन्तर्राष्ट्रिय उडान

रमेश लम्साल / भैरहवा, १३ असार । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो । सन् २०१८ […]


गौतमबुद्ध विमानस्थललाई निर्माण सामग्रीको अभाव

रमेश लम्साल / भैरहवा, १२ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको भए पनि निर्माण सामग्रीको अभावले केही समस्या थपेको छ । आयोजनाका लागि अत्यावश्यकपर्ने गिटी तथा ढुङ्गा, माटोको आपूर्तिमा समस्या पैदा भएको छ भने नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट फिडर उपलब्ध नगराउँदा अर्को जटिलता पैदा भएको छ । […]


लोप हुँदैछन् काठमाडौँका ढुङ्गेधारा

गौतमबुद्ध वज्राचार्य / काठमाडौँ, ११ असार । लुँहिटी, वहहिटी, ल्वँहिटी नं हिटी हे मखुला ? मन दुने तस्बिर दैन, भ्वँया तस्बिर माला दाइचा, वहेँला मजुला ? ( सुनको धारा, चाँदीको धारा, ढुङ्गेधारा धारा होइनन् र ? मनभित्र तस्बिर भइकन पनि दाइलाई कागजको तस्बिर किन चाहियो ? बहुला कुरा भएन त ? ) यो नेवारी कला […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter