काठमाडौँ, १६ असार । काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने […]
(प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएकोे छ । संसद्को आजको बैठकले ‘नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२’ पारित गरेपछि यसले कानुनी मान्यता पाउने भएको हो । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले गत वैशाख ७ गते सो […]
नारायण ढुङ्गाना / चितवन, १५ असार । कृषि क्षेत्र विकास गर्नलाई । अघि बढाँै तन र मन लगाई । सँगसँगै कृषि पर्यटन……. चितवनको रत्ननगर–१८ सौराहामा रहेको वरपिपल कृषक महिला समूहकी रेनुका पौडेल, सीता रिजाल र निर्मला ढकालले भाका हालेर गीत गाउँदा उपस्थित कृषकको मन फुरुङ्ग थियो । त्यसमा पर्यटन व्यवसायी र अतिथिले पनि समर्थन जनाए […]
अन्जली रम्तेल / काठमाडौँ, १४ असार । प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ भोलि मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख […]
रमेश लम्साल / भैरहवा, १३ असार । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो । सन् २०१८ […]
रमेश लम्साल / भैरहवा, १२ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको भए पनि निर्माण सामग्रीको अभावले केही समस्या थपेको छ । आयोजनाका लागि अत्यावश्यकपर्ने गिटी तथा ढुङ्गा, माटोको आपूर्तिमा समस्या पैदा भएको छ भने नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट फिडर उपलब्ध नगराउँदा अर्को जटिलता पैदा भएको छ । […]
गौतमबुद्ध वज्राचार्य / काठमाडौँ, ११ असार । लुँहिटी, वहहिटी, ल्वँहिटी नं हिटी हे मखुला ? मन दुने तस्बिर दैन, भ्वँया तस्बिर माला दाइचा, वहेँला मजुला ? ( सुनको धारा, चाँदीको धारा, ढुङ्गेधारा धारा होइनन् र ? मनभित्र तस्बिर भइकन पनि दाइलाई कागजको तस्बिर किन चाहियो ? बहुला कुरा भएन त ? ) यो नेवारी कला […]
भक्तपुर, १० असार । भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेका छन् । तीमध्ये ९८० जना बालक र एक हजार १६२ जना बालिका रहेको जिल्ला बालकल्याण समिति भक्तपुरले जनाएको छ । समितिका अनुसार बाबुआमा वा उमेर पुगेका एकाघरका नातेदारबाट अलगिएका ११० बालक र १७४ बालिका रहेका छन् भने कुनै पनि बयस्कको संरक्षणमा नरहेका […]
काठमाडौँ,९ जेठ । आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलिमिली गराइने भएको छ । महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न लागिएको हो । काठमाडौँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका […]
भीष्मराज ओझा / काठमाडौँ, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो । आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट आज दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपाली कामदार पनि […]