• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

सुदूरपश्चिम, मधेस र गण्डकी प्रदेश प्रमुखमा नयाँ नाम सिफारिस

काठमाडौं, फागुन २८ गते । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा […]


सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ, फागुन २७ गते। चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१ दशमलव छ प्रतिशतले वृद्धि भएर आठ […]


सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : उपप्रधानमन्त्री महासेठ; अर्थतन्त्रको एजेण्डामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ:अध्यक्ष ढकाल

काठमाडौं, फागुन २६ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रबिचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभई […]


राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा; चार लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ, फागुन २५ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको छ। शुक्रबार शिवरात्रिको अवसरमा राष्ट्राध्यक्षको रुपमा उहाँले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्नुभएको हो। शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो। राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा […]


‘मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो’: प्रधानमन्त्री; प्रधानमन्त्रीले संसदमा दिनुभएको जवाफको पूर्णपाठ

काठमाडौं, फागुन २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताउनुभएको छ । संसदमा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो । “मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर […]


मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीको शपथ

काठमाडौं, फागुन २३ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ […]


कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन; कर्णालीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

काठमाडौं, फागुन २२ गते। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो। उहाँले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “हाम्रो कार्य सम्पादन समितिको बैठकमा विशेष गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई […]


युएसएआइडीद्वारा करिब ११ अर्ब सहायताको घोषणा

काठमाडौं, फागुन २० गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ । युएसएआइडीले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको […]


त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

गाेविन्द रेग्मी / काठमाडौँ, फागुन १९ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय २१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जितसँगै नेपालले फाइनल पुगेको छ । नेपाल […]


अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

चितवन, फागुन १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौती […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter