• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

मन्त्रिपरिषद बैठक: राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्त; भूमि आयोग खारेज

काठमाडौँ, चैत ८ गते । मन्त्रिपरिषदको बिहीबारको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्तलगायत विभिन्न निर्णय गरेको छ। बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय […]


ठमेल र दरबारमार्ग क्षेत्र २४ घण्टा खुलाउने तयारी; कर्मचारीलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं, चैत ७ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी गर्न निर्देशन दिनुभएको छ। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँले गर्नेछ। जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नयाँ वर्ष लगत्तै बजार खुला […]


न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प; ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धता

काठमाडौं, चैत ६ गते । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबिच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । […]


सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ; अस्पतालमा बस्न दिन अदालतको आदेश

काठमाडौँ, चैत ५ गते । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो। उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न […]


एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

काठमाडौँ, चैत ४ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० को सुधार गर्न निर्देशन दिनुभएको छ। आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन […]


अब पोखरा २४ घण्टा खुला

फडिन्द्र अधिकारी / लेखनाथ, चैत ३ गते। गण्डकी प्रदेशको राजधानी पोखरालाई आइतबार बिहान पर्यटनको राजधानी घोषणा गरिँदै छ। पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने भएको छ। शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले २४ घण्टा खोल्ने अनुमति […]


सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएकी एआईजीको सरुवा; रवि लामिछानेको काम हेर्नुपर्छ, राजनीतिक पूर्वाग्रह होइन

काठमाडौँ । सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा भएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले उनको सरुवा गर्ने निर्णय गरेको हो । बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्य विभागमा सरुवा गरिएको जानकारी दिइन् । यस्तै उनको ठाउँमा प्रधान […]


विशेष अदालतद्वारा आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

काठमाडौँ, चैत १ गते। विशेष अदालतले आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। बिहीबार अदालतले पत्रकार सम्मेलनमार्फत पछिल्लो ८ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताएको हो। पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले फागुन मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताउनुभयो। उहाँले अदालतमा अघिल्लो […]


प्रधानमन्त्री प्रचण्डलाई तेस्रो पटक विश्वासको मत; मेरो जिम्मेवारी अझ बढेको छ: प्रधानमन्त्री

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ । पक्षमा बहुमत मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको […]


राष्ट्रिय सभाका अध्यक्षद्वारा पदभार ग्रहण; ४ दलको सहयोगमा राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको छ। पदभारका क्रममा उहाँले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter