एक्सक्लुसिभ समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, जेठ १० गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। बुधबार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको हो। काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका […]


नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छ : प्रधानमन्त्री

काठमाडौं, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गर्नुभएको हो । प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्नुहुँदै सुशासन, सामाजिक […]


‘बुक फ्रि डे फ्राइडे’ : सीप सिक्न उत्साहित विद्यार्थी

सपना थामी / काठमाडौं, जेठ ८ गते । काठमाडौं महानगरपालिकाले शिक्षामा सीप कार्यक्रम लागू गरेसँगै देशको पहिलो शिक्षण संस्था दरबार हाइस्कुलमा सो बमोजिमको गतिविधि अघि बढेको छ । वि.सं. १९१० मा स्थापना भएको दरबार हाइस्कुलमा भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालनमा छन् । शुक्रबार सीप सिक्ने शैक्षिक तालिकाअन्तर्गत कक्षा २ […]


लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

काठमाडौं, जेठ ७ गते । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी […]


तातोपानी नाकाबाट ३५ हजार टन युरिया मल आयात हुँदै

चित्र मिजार / सिन्धुपाल्चोक, जेठ ६ गते । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ । जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ […]


सरकारको नीति तथा कार्यक्रम; निजी क्षेत्रलाई अर्थतन्त्र साझेदारको रुपमा अघि बढाइने; सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा

काठमाडौं, जेठ ५ गते । मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति […]


रुसले माग्याे रेलवेदेखि छात्रवृत्तिलगायत १३ परियोजनाकाे प्रस्ताव

काठमाडौँ, जेठ ३ गते । रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका १३ वटा विभिन्न परियोजनामा चाँसो राख्दै रुसले नेपालसँग विस्तृत परियोजना प्रस्ताव माग गरेको हो । साे प्रस्तावमा […]


सरकारको प्राथमिकतामा नागरिकता विधेयक प्रमाणीकरण : सञ्चारमन्त्री शर्मा; मुकेश कायस्थ राष्ट्रिय शहीद

काठमाडौं, जेठ २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयक प्रमाणीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । सिहंदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले नागरिकताको मुद्दा सरकारको हतारोको विषयभन्दा आम नागरिक र जनताको हतारोको विषय भएको बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, “खासगरी, नागरिकताको जुन मुद्दा छ, यो सरकारको […]


स्याउ खेतीमा किसानको आकर्षण बढ्दो

शेरबहादुर सार्की / बाजुरा, जेठ १ गते । पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदानमा बाजुरामा उत्पादित स्याउ देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि पछिल्लो समयस्याउ खेतीप्रति आकर्षण बढ्दैगएको हो । पहिला बाजुरामा उत्पादन गरेका स्याउले मूल्य नपाउँदा किसानले गाई गोरुलाई खुवाउने गरेका थिए । […]


डिजिटल उपकरणको प्रयोगले आँखाको समस्या बढ्दै

सिर्जना खत्री / काठमाडौं,वैशाख ३१ गते । पछिल्लो समय कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता डिजिटल उपकरण मानिसका अत्यावश्यक सामग्री भित्र पर्छन् । यस्ता डिजिटल उपकरणले दैनिकी जति सहज बन्दै गइरहेको छ । मानव स्वास्थ्यमा पर्ने असर पनि उत्तिकै बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । आँखा रोग विशेषज्ञ प्रा.डा. सविना श्रेष्ठले कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता उपकरणको अत्याधिक […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter