काठमाडौं, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ। भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन […]
काठमाडौं, जेठ १९ गते । मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लू (तातो हावा) चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाले अधिकांश भूभागमा अधिकतमदेखि न्यूनतम तापक्रम वृद्धि हुँदा तातो हावा चल्ने जनाएको छ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिएको महाशाखाले जनाएको छ । […]
नयाँदिल्ली, जेठ १८ गते: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ। भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उहाँले नेपाल र भारतबीचको […]
काठमाडौं, जेठ १७ गते। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ। चार दिवसीय भारत भ्रमणका लागि बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डसँग सोही होटलमा पुगेर […]
काठमाडौं, जेठ १६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिनुभयो। उहाँले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच […]
काठमाडौं, जेठ १५ गते। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गर्नुभएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गर्नुभएको हो। उहाँले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ […]
काठमाडौं, जेठ १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्र र विभिन्न राजनीतिक दलका नेतासँग छलफल गर्नुभएको छ। जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री प्रचण्डले आइतबार सिंहदरबारमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेतासँग सुझाव लिनुभएको हो। आफूले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विभिन्न राजनीतिक […]
काठमाडौं, जेठ १३ गते । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले पाउनुभएको छ । शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जित्नुभएको हो । त्यसैगरी, मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जित्नुभएको छ भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले पाउनुभएको छ ।
काठमाडौं, जेठ १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ । शुक्रबार बिहान बस्नेतले अस्पतालको निरीक्षण गर्दै एक हप्ताभित्र बिरामीहरूले महसुस हुने गरी सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ । वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री […]
काठमाडौं, जेठ ११ गते । सगरमाथा आरोही कामीरिता शेर्पा आज काठमाडौँ आइपुग्नुभएको छ । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएका शेर्पाको यो २८औँ पटक सगरमाथाको सफल आरोहण हो। मङ्गलबार बिहान ९:२३ बजे सगरमाथा सफल आरोहण गरेर हाल काठमाडौँ आउनुभएका कामीरिताको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उहाँको स्वागतका लागि विमानस्थलमा घुइँचो लागेको छ । […]