• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

आठौं पर्वतीय महोत्सव २२ गतेबाट; कोप–२८ मा विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रपतिको सुझाव

लेखनाथ, मङ्सिर १३ गते । नेपाल पर्वतारोहण संघले बर्सेनी गर्दै आएको पर्वतीय महोत्सव यस वर्ष पाँच दिन हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो । यसअघि यो महोत्सव तीन दिन हुने गरेको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस […]


काठमाडौँ महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ , मङ्सिर १२ गते । काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको सूचना प्रकाशित भएको मितिले १५ दिन पछि महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रूपमा […]


श्रमिकको ४४ अर्ब ८५ करोड रूपैयाँ सामाजिक सुरक्षा कोषमा; सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम ब्याज खान होइन : श्रममन्त्री

काठमाडौँ , मंसिर ११ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको ४४ अर्ब ८५ करोड १४ लाख रूपैयाँ जम्मा भएको छ। योजना सुरू भएदेखि हालसम्म कोषमा ९ लाख २८ हजार ४५३ श्रमिक सूचीकृत भइसकेका छन्। त्यस्तै १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले २०७५ मंसिर ११ गतेबाट सुरू […]


जाजरकोट भूकम्प : स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने, अनुकुल अस्थायी संरचना बनाउन पाइने

काठमाडौं, मंसिर १० गते । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने भएको छ । साथै प्रभावितहरुले अस्थायी आवास बनाउँदा आफ्नो आवश्यकता अनुसार बनाउन सक्ने भएका छन् । सरकारले १७ कात्तिकमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा निजी आवास पूर्ण रुपमा क्षति भएका वा आंशिक रुपमा क्षति भएपनि बसोबास […]


मधेसका ४३ प्रतिशत किसान परिवारलाई आफ्नै उत्पादनले पुग्दैन वर्षभरि खान

जनकपुरधाम, मंसिर ०९ गते । अन्नभण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ। राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो। नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार […]


प्रदेशले बाँड्यो ३३ करोड रूपैयाँ, पशुपालक किसानलाई मात्रै ९ करोड ६५ लाख अनुदान

अर्जुन आचार्य / विराटनगर । कोशी प्रदेश सरकारले महत्त्वका साथ घोषणा गरेको दूधमा प्रतिलिटर २ रूपैयाँ अनुदान दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ल्याएको बजेटमा दूधमा प्रतिलिटर दुई रूपैयाँ अनुदान दिने घोषणा गरिएको थियो । सो कार्यक्रमअनुसार गत वर्ष झन्डै २२ […]


चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

काठमाडौं, मंसिर ७ गते । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आर्जन गरेको छ। विद्युत […]


ट्राफिक प्रहरीले भन्यो, ‘भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु’; प्रदर्शनको सुरक्षा व्यवस्थापन गर्न डीआईजी नेतृत्वमा कमाण्ड सेन्टर

काठमाडौं, मंसिर ०६ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयको भनाई छ । बिहीबार एकै […]


बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली

काठमाडौं, मंसिर ०५ गते । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् । कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न […]


छठ पर्व: अस्ताउँदो सूर्यलाई अर्घ दिइयो; छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौँका छठ घाटमा

जनकपुरधाम, मंसिर ०३ गते । छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो । तराई मधेसका जिल्लाहरुमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter