
काभ्रेपलाञ्चोक, फागुन २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई सरकारी समाचार संस्था नेपाल टेलिभिजन र रेडियो नेपालबाट गाभिएर बनेको सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले नागरिकको आवाज बोल्नुपर्ने धारणा राख्नु भएको छ । शुक्रबार नेपाल टेलिभिजन कर्मचारी युनियनद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘सार्वजनिक सेवा प्रसारण नेपालमा कर्मचारीको भूमिका र वृत्ति विकासका अवसर एवं पिएसबीको […]

काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ। मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई समस्या हुने अवस्था […]

काठमाडौँ, माघ ३० गते । सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब २७ करोड ७३ लाख) अनुदान सहायता स्वीकार गर्ने भएको छ। यही माघ २८ गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित […]

काठमाडौँ, माघ २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न उद्योग–वाणिज्य प्रवर्धन संवाद परिषद्को बैठकमा उहाँले सरकार निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह […]

काठमाडौँ, माघ २८ गते । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । त्यस्तै अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे राष्ट्पतिको कार्यालयमा सरुवा भएका छन् । मन्त्रिपरिषद बैठकले रिक्त एक सचिव पदमा लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई बढुवा गरेको […]

काठमाडौँ, माघ २७ गते। आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार तयारी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा संवादको […]

मित्र भण्डारी / काठमाडौँ, माघ २६ गते । कोभिड–१९ को विश्वव्यापी महामारीमा नेपालमा सिटामोल, सेनिटाइजर, माक्स जस्ता अत्यावश्यक र न्यूनतम सामग्रीकै अभाव भयो । अत्यावश्यक औषधीहरूमै कालोबजारीका कारण आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितहरूका लागि सामान्य औषधीसमेत पहुँचबाहिर भए । निजी मेडिकल पसलहरूले चर्को मूल्यमा यी औषधी खुला रूपमा नै बिक्री गर्दा पनि कानुनी दायरामा ल्याउने […]

काठमाडौँ, माघ २५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग पहिलो पटक यस प्रकारको संवाद गर्नुभएको हो। करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका […]

काठमाडौँ माघ २४ गते । सरकारले बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रहेको बजेट ल्याएको सरकारले अहिले १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । यो […]

काठमाडौँ, माघ २३ गते । बिहीबारको प्रतिनिधि सभा बैठकमा संसद्को अधिवेशन नहुँदा सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गर्ने भएको छ । उक्त प्रस्तावमाथि अस्वीकार प्रस्ताव राखेका सांसदहरूमध्येबाट एक जनाले ५ मिनेटमा प्रस्ताव राख्ने र अन्य सांसदले तीन मिनेट आफ्नो धारणा राख्ने सहमति जुटेको छ । सभामुख देवराज घिमिरेले ५ दलका सचेतकहरूसँग राखेको […]