
काठमाडौँ, फागुन १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी […]

काठमाडौँ ,फागुन ११ गते। अन्तर्राष्ट्रिय परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार र शुक्रवार आयोजित पृतनापति समन्वयात्मक बैठकबाट सो निष्कर्ष निकालिएको सैनिक अधिकारीहरू बताउँछन् । पृतनापति समन्वयात्मक बैठकपछि सेनाले पत्रकार सम्मेलन गरेर अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार जङ्गी अड्डामा आयोजित […]

काठमाडौँ, फागुन १० गते । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य […]

काठमाडौँ, फागुन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजोसँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् […]

काठमाडौँ, फागुन ८ गते। सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषदले एउटै कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने वा खारेज गर्नेबारेमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने […]

काठमाडौँ , फागुन ७ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वातावरण अभियन्ता सुनिल यादव र लक्ष्मी कुमारी महतोले ०८१ फागुन ७ गते विमोचन गर्नुभयो । वातावरण अभियन्ता सुनिल यादवले समानता, स्वतन्त्रता र सफल जीवन जिउनका लागि पर्यावरणीय अधिकारलाई ख्याल गर्नु पर्ने स्मरण गर्दै नेपाल मानव […]

काठमाडौँ, फागुन ६ गते । प्रधानमन्त्री एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको पाँचौ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले रजिष्ट्रार प्रा. श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरु छलफलसहित स्वीकृत […]

दिवाकर पोख्रेल / देउखुरी, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै सङ्घीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ । पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउनुहुँदै उहाँले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलहरूले यो […]

काठमाडौँ, फागुन ४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको […]

काठमाडौँ, फागुन ३ गते। कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको अनुहार जलनको उपचारका लागि उच्च निगरानीमा राख्नुपर्ने बताएको छ। पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा बेलुन पड्किएर घाइते बन्नुभएका मन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा ल्याइएको हो। अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रारम्भिक मूल्याङ्कनमा […]