एक्सक्लुसिभ समाचार

७२८ पालिकामध्ये कांग्रेस ३१९, एमाले १९८ र माओवादी केन्द्र १२० मा विजयी

काठमाडौं, जेठ ९ गते । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२८ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३१९ पालिका जितेको छ । नेकपा एमालेले १९८ पालिका जितेको भने नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६० पालिका जितेका छन् । […]


देशभर ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान ; १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, वैशाख ३०: निर्वाचन आयोग नेपालले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गर्दै यो संख्या बढ्न सक्ने जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको […]


निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान; मतदान कार्यलाई सफल पार्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं, वैशाख २९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ। साथै उहाँले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ। वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको […]


बढ्यो मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा

काठमाडौं, वैशाख २८ गते। चालु आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति, चालु खाता र शोधनान्तर घाटा बढेको छ। नेपाल राष्ट्र बैंकले चालु आवको नौ महिनाको तथ्याङ्कमा आधारित भएर बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत चैतमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको उल्लेख छ। सोही महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४.४२ […]


निर्वाचनको सबै तयारी पूरा, निर्धक्कसाथ मतदान गर्न आह्वान

लक्की चौधरी / काठमाडौं, वैशाख २७ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै […]


राष्ट्रिय परिचयपत्र छपाइ सुरु

काठमाडौँ २६ बैशाख । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचय पत्रको कार्ड ल्याएपछि सोमबारबाट छपाइ प्रक्रिया सुरु गरेको महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो । अहिले विभागमा […]


सुरक्षाकर्मी र म्यादी प्रहरीकाे मृत्यु भएमा परिवारले २० लाख आर्थिक सहायता पाउने

काठमाडौँ, वैशाख २५ गते । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको […]


गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश; गोरखापत्र अखबार मात्र होइन, गौरवशाली संस्था हो : सञ्चारमन्त्री कार्की

दिनेश लुइटेल / काठमाडौं, वैशाख २४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र पत्रिका मात्र नभएर गौरवशाली संस्था भएको उल्लेख गर्नुभएको छ। गोरखापत्र प्रकाशन सुरु भएको १२२ र गोरखापत्र संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो। मन्त्री कार्कीले भन्नुभयो, ‘‘गोरखापत्र अखबार मात्र नभएर एउटा […]


१९औँ एसियन गेम्स स्थगित

काठमाडौँ, वैशाख २३ गते । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले शुक्रबार एसियन गेम्स स्थगित गरेको जनाएको छ । काउन्सिलले चिनिया ओलम्पिक कमिटी र हाङझाव एसियाली खेल आयोजक समितिसँग छलफल गरी […]


वाणिज्य बैङ्कमा तलब असमानता उच्च

सीता शर्मा / काठमाडौँ, वैशाख २२ गते । वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीबीच तलब र सुविधामा धेरै असमानता रहेको पाइएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले मासिक १५ लाख रुपियाँसम्म तलब लिने गरेका छन् भने क्यासियरको १४ हजार आठ सय रुपियाँ मात्रै रहेको अध्ययनले देखाएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले २७ वटा वाणिज्य बैङ्कमा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter