समाचार

स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता हो : अर्थमन्त्री पौडेल

काठमाडौं, फागुन ६ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको बताउनुभएको छ। मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्रचारप्रसार सहयोग पुर्‍याउने भन्दै उहाँले भन्नुभयो, “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ।” नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन समारोहलाई शनिबार सम्बोधन […]


महाशिवरात्रि : तीन वैकल्पिक रुट प्रयोग गर्न ट्राफिकको आग्रह

काठमाडौं, फागुन ५ गते । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा शनिबार यातायात प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, […]


चिकित्सा शिक्षाको एमडी र एमएस भर्ना प्रक्रिया रोकिएकै बिन्दुबाट सुचारु गर्न सर्वोच्चको परमादेश

काठमाडौं, फागुन ५ गते । चिकित्सा शिक्षाको एमडी र एमएसतर्फ रोकिएको भर्ना प्रक्रिया रोकिएकै बिन्दुबाट सुचारु गर्न सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई परमादेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतको नाममा परमादेश जारी गरेको हो । सर्वोच्चको परमादेशमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगद्वारा […]


उम्मेदवारबाट जरिवाना असुल्ने आयोगको प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, फागुन ४ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्थानीय तह निर्वाचनमा चुनावी खर्चको विवरण समयमा नबुझाएका कारण जरिवाना तिर्नुपर्ने प्रावधानविरुद्ध दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले सो आदेश दिएको हो । […]


आयोजना अलपत्र पर्दा टुलुटुलु हेरेर बसिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

केशवचन्द्र महरा / दिपायल, फागुन ४ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने उहाँले प्रष्ट पार्नुभयो । चेम्बर अफ कमर्सले आज डोटीमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै उहाँले टेण्डर भएर समयमै काम सम्पन्न नभएका अधुरा आयोजनाहरूको […]


अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री शर्मा

लीलाधर वली / घोराही, फागुन ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सुरु भएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मेलाको आज यहाँ उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो । कृषिको उत्पादन बढाउँदै […]


नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार : मन्त्री चौधरी

काठमाडौं, फागुन ३ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । नेपाल छाला जुत्ता […]


आइसिसी लिग-२ : ओपनर कुशल चम्किएपछि नेपालको सुखद सुरुवात

गाेविन्द रेग्मी / काठमाडौं, फागुन २ गते । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल चम्किएपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हरायो । नामिबियाले दिएको दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा […]


गहुँको सिजन कुर्दै उद्योगी

नवराज कट्टेल / विराटनगर, फागुन २ गते । भारतबाट गहुँ आयातमा कडाइ गरिएपछि त्यसको असर आँटा र मैदा मिलसँगै अन्य उद्योगमा परेको छ । भारतले १० महिनाअघि गहुँ निर्यातमा रोक लगाएपछि भण्डारण रित्तिँदै गएर मिल तथा आश्रित उद्योग समस्यामा परेका हुन् । गहुँको अभावमा ३० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग चलिरहेको गौमती आँटा उद्योगका सञ्चालक […]


प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता

काठमाडौं, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विनयमोहन क्‍वात्राबीच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्‍वात्राबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको सहकार्यको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभीटी, कृषि, शिक्षा […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter