समाचार

नवौं राष्ट्रिय खेलकुद : कीर्तिमान रच्नेलाई ५० हजार पुरस्कार

गाेविन्द रेग्मी / काठमाडौं, साउन ८ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमान रच्ने खेलाडीलाई ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय भएको नवौं राष्ट्रिय खेलकुद सचिवालय एवं राखेप प्रचार प्रसार शाखा प्रमुख […]


अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाण

काठमाडौं, साउन ७ गते । गृहमन्त्री बालकृष्ण खाणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । गृहमन्त्री खाणले नेपालमा अपाङ्गहरुको सङ्ख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने […]


नागरिकता विषयमा मधेशका जनतासँग गरेको प्रतिवद्धता पूरा भयो : अध्यक्ष दाहाल

मलंगवा, साउन ७ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहालले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक/पटक प्रतिबद्धता जनाएको थिएँ। अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ।” सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा […]


गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी

ललितपुर, साउन ६ गते। गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने सम्बन्धमा समझदारी भएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा शुक्रबार हस्ताक्षर भएको […]


‘सार्वजनिक निजी साझेदारीले विकासमा तीव्रता’

काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सार्वजनिक निजी साझेदारीमार्फत नेपालको पूर्वाधार क्षेत्रको विकासमा तीव्रता दिनुपर्ने बताउनुभएको छ । वल्र्ड एसोसिएसन अफ पब्लिक प्राइभेट पार्टनरसिप युनिट्स एन्ड प्रोफेसनल्स (वाप)का प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले पूर्वाधार विकासका क्षेत्रमा सार्वजनिक निजी साझेदारीका परियोजनामा लगानीको प्रचूर सम्भावना रहेको बताउनुभयो । लगानी बोर्डले जारी गरेको विज्ञप्तिअनुसार नेपाल […]


राष्ट्रिय सूचना आयोगद्वारा ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट

काठमाडौँ, साउन ५ गते । राष्ट्रिय सूचना आयोगले ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ । आयोगका अनुसार एक हजार ८१ वटा पुनरावेदन परेकोमा एक हजार ७७ वटा पुनरावेदन फर्छ्यौट गरेको बताएको हो । आयोगमा महिला तर्फबाट ८३९ वटा र पुरुष तर्फबाट २४२ वटा छन् । आयोगले आदेश दिँदा समेत सूचना उपलब्ध नगराएकाले सूचनाको हकसम्बन्धी ऐन, […]


खाद्यान्न भण्डारणका लागि १८ गोदाम घर निर्माण हुँदै

विष्णु पाण्डेय / काठमाडौं, साउन ५ गते । चालु आर्थिक वर्ष २०७९–८० मा देशभर १८ वटा खाद्यान्न भण्डारणका लागि गोदाम घर निर्माण हुनेभएको छ । देशभर उत्पादन भएका खाद्य वस्तु भण्डारणका लागि सो ‘खाद्य गोदाम घर’ निर्माण गर्न लागिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । उहाँका अनुसार उक्त संरचना निर्माणका लागि […]


स्वास्थ्य बीमा बन्द गरिएकोप्रति एमालेको ध्यानाकर्षण

काठमाडौं, साउन ४ गते । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोप्रति नेकपा (एमाले) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ती जारी गर्दै आमनागरिकले सहज ढंगबाट बीमाको उपयोग गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ । विगतमा सरकारले संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज […]


कार्यस्थलमा लैङ्गिक हिंसा रोक्ने निर्देशिका मस्यौदा हस्तान्तरण

काठमाडौं, साउन ४ गते । सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार भएको छ । सो मस्यौदा बुधबार प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत […]


सन् २०३० सम्म फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी

काठमाडौं, साउन ३ गते । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिनुभएको छ । हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ । काठमाडौं उपत्यका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter