• Sunday, June 01, 2025

समाचार

प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

काठमाडौं, पुस २ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई निर्देशन दिनु भएको छ। प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाइ दिँदै सो निर्देशन दिनुभएको हो। प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश […]


निम्नआय भएका बिरामीलाई साढे दुई करोड रुपियाँ सहयोग

अमृतप्रसाद पौडेल / म्याग्दी, पुस २ गते । म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले जिल्ला भित्रका निम्नआयस्तर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँ बढी रकम सहायता उपलब्ध गराएको छ । हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको सो संस्थाले स्थापनाकालदेखि हालसम्म म्याग्दी भित्रका २७९ जना निम्नआयस्तर भएका बिरामीको उपचारमा कुल २ करोड […]


नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं, पुस १ गते । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको […]


अपाङ्गता भएकाहरुलाई सामग्री वितरण

गोकर्ण पौडेल / तुलसीपुर, पुस १ गते । अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक सामग्री वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सो सामग्री वितरण गरिएको हो । उहाँहरुलाई ११ थान ह्वील चेयर, ११ थान वैशाखी, २ थान छडी र ७ थान सेतो छडी वितरण गरिएको छ । त्यस्तै, एल कर्ची […]


स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

शशिधर पराजुली / विराटनगर, मङ्सिर २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङले विराटनगरमा बिहीबार आयोजना गरेको सातौँ संस्करणको ‘विराट एक्स्पो’ उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादन प्रवर्धन गरी पुँजी तथा श्रम पलायन रोक्न सकिने बताउनुभएको हो […]


नागढुंगा नौबिसे सुरुङमार्ग तोकिएको समयमा सम्पन्न नहुने

विष्णु पाण्डेय / काठमाडौं, मंसिर २९ गते। नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण तोकिएकै मितिमा सम्पन्न नहुने भएको छ। निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिन ६ महिना बाँकी रहँदा आधा पनि काम नसकिएपछि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न नहुने देखिएको हो। आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८० जेठ महिनामा सकिँदै छ। तर, यो समयमा अहिले बाँकी रहेको काम सकिने […]


‘पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा ध्यान केन्द्रित गरौँ’

भोजपुर / मङ्सिर २८ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ। प्राविधिक शिक्षालयको स्थापनाबाट यस क्षेत्रका युवालाई आफ्नै गाउँ-ठाउँमा रहेर प्राविधिक शिक्षा प्राप्त गरी समाज र राष्ट्रको उन्नति प्रगतिका लागि योगदान गर्ने अवसर प्राप्त हुने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले प्राविधिक शिक्षा तथा व्यावसायिक […]


नागरिकता अभावमा जापान पढ्न जान नपाएपछि चिया पसल

विजयकुमार साह / ढल्केबर, मङ्सिर २८ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २१ वर्षीय युवा चन्दनकुमार चौधरीको जापान गएर कम्प्युटर साइन्समा दक्षता हासिल गर्ने धोको थियो । कम्प्युटर साइन्स विषय लिएर १२ कक्षा पास गर्नुभएका उहाँ नागरिकता अभावमा उच्च शिक्षा हासिल गर्न जापान जान पाउनुभएन । स्थानीयस्तरमा पढाइअनुसारको जागिर पाए पनि नागरिकता समस्याका कारण जागिरबाट […]


शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

काठमाडौं, मङ्सिर २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । काठमाडौं महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता […]


मानव अधिकार हनन् हुन नदिन सचेत हुनुपर्छ : अध्यक्ष मगर

काठमाडौं, मङ्सिर २७ गते। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गर्नु भएको छ। व्यावसायिक घरानाबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरू आफैँ सचेत हुनुपर्ने उहाँको भनाइ थियो। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter