काठमाडौं, साउन ३ गते । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिनुभएको छ । हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ । काठमाडौं उपत्यका […]
काठमाडौं, साउन ३ गते। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सरकारलाई शहरी विकास तथा भवन निर्माणसम्बन्धी मापदण्ड सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार तथा सरोकारवालाको रायका आधारमा पुनःसंशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले शहरी विकास मन्त्रालयले अघि बढाएको बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को २०७८ सालमा भएको संशोधनको पुनःसंशोधन गर्न […]
सिर्जना खत्री / काठमाडौं, साउन २ गते । औषधि व्यवस्था विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि औषधिको मूल्य समायोजन हुन नसकेको भन्दै विभागले मूल्य समायोजन प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक भरत भट्टराईले बताउनुभयो । महानिर्देशक भट्टराईले औषधिको मूल्य समायोजनका लागि विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फाइल पठाएको जानकारी दिनुभयो । विभागका […]
काठमाडौं, साउन २ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओबीच शिष्टाचार भेट भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उहाँहरुबीच दुई देशको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष ओलीको निजी सचिवालयले जानकारी दिनुभयो । यससँगै फ्रान्सको राष्ट्रपतिय निर्वाचनको बारेमा जानकारी गराउँदै राजदूत […]
सन्तोष राउत / सोलुखुम्बु, साउन १ गते । कोरोना संक्रमण कम हुँदैजाँदा यस वर्ष सोलुखुम्बुको खुम्बुक्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । दुई वर्षसम्म करिब शुन्यको अवस्थामा रहेको खुम्बुको पर्यटन सगरमाथा लगायतका हिमाल आरोहणको यो ‘स्प्रिङ’ सिजनमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ८३ प्रतिशतभन्दा बढीले पर्यटकको आगमनमा बृद्धि भएको छ । आर्थिक बर्ष […]
विष्णु पाण्डेय / काठमाडौं, साउन १ गते । आइतबारबाट आर्थिक वर्ष २०७९–८० शुरुभएको छ । गत आ.व.मा १० खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजश्व सँकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ६७ अर्ब ९५ करोड अर्थात लक्ष्यको ९०.४६ प्रतिशत संकलन भएको देखिएको […]
तनहुँ, असार ३२ गते । व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो । […]
नारद कोहार / तौलिहवा, असार ३२ गते। चरा पाहुनका कारण नेपालकै नमुना जगदीशपुर ताल रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ। जगदीशपुर ताललाई वार्ड स्याङचुरी (पंक्षी आरक्ष) घोषणा कार्यक्रममा सो कुरा बताउनुभएको हो। जगदीशपुर ताललाई गौरवको योजना बनाउनका निम्ति न्यूनतम चरण पनि पूरा गर्नुपर्ने उहाँले बताउनुभयो। यसलाई व्यवस्थित बनाउन प्राकृतिक स्रोत साधनको प्रयोग गर्नुपर्ने […]
काठमाडौं, असार ३० गते। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले सचेत भएर सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको बैठकमा सदस्यले पार्टीले नेतृत्व गरेको गठबन्धन लोकतान्त्रिक मूल्य, मान्यता एवं विधिको शासनका लागि भएकाले यसको निरन्तरता दिँदा सचेत […]
काठमाडौँ, आसर ३० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको ४५औँ प्राज्ञसभामा आज बौल्दै उहाँले विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्नेमा जोड दिँदै नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान […]