• Sunday, June 01, 2025

समाचार

नेपाललाई लागुपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, फागुन १७ गते। गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो। उहाँले अहिले सङ्घीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनुभयो।उहाँले नागरिकसँग […]


कैलाशमा ‘जिपलाइन’ को परीक्षण

अनिल पराजुली / हेटौँडा, फागुन १७ गते। मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल ‘जिपलाइन’ निर्माण परीक्षण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न ‘जिपलाइन’ निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो। पालिकाको २ नं. वडा बैकुण्ठमा निर्मित कैलाश- बैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षण गरिएको छ। जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष मुक्तान, […]


जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री

काठमाडौँ, फागुन १६ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा जानुभएकी मन्त्री डा. देउवा शुक्रबार स्वदेश फर्किएपछि सो प्रतिक्रिया दिनुभएको हो । मन्त्री डा. देउवाले गत मङ्गलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषदको उच्चस्तरीय सत्रलाई […]


नेपाल–जापानबिच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबिच सरकार–सरकार र जनता–जनतासबिचको लामो सम्बन्ध अब आयात–निर्यातमा […]


सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बिचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा बिहीबार आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा […]


बजेट महाशाखाका प्रमुखको संयोजकत्वमा बजेट लेखन समिति गठन

काठमाडौँ, फागुन १५ गते। आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ। सदस्यमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल हुनुहुन्छ। […]


अबदेखि भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा

काठमाडौँ, फागुन १४ गते । सर्वसाधारणले भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा लिन सक्ने गरी सरकारले विद्युतीय सुशासनको ‘ब्लुप्रिन्ट’ सार्वजनिक गरेको छ । सुझावका लागि सार्वजनिक गरिएको ब्लुप्रिन्टले भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा लिन सकिने गरी डिजिटल प्रविधिको उपयोगलाई एकीकृत र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । डिजिटल प्रविधिको माध्यमबाट सार्वजनिक सेवालाई कागजरहित बनाउँदै विद्यमान अवस्थामा […]


वैकल्पिक चिकित्साले तङ्ग्रिँदै बिरामी

सरोज ढुङ्गेल / काठमाडौँ, फागुन १४ गते । सङ्खुवासभाकी अञ्जु राई वैकल्पिक चिकित्सामार्फत पक्षघात (प्यारालाइसिस) को उपचार गराइरहनुभएको छ । गत माघ ९ गते घरकै शौचालयमा एक्कासि ढलेपछि काठमाडौँको न्युरोड बस्नुहुने राईलाई वीर अस्पताल पुर्‍याइएको थियो । दस दिन वीर अस्पतालमा राखेर उपचार गर्दा उहाँको समस्या ठिक नभएपछि वीरले नरदेवी आयुर्वेदिक अस्पतालमा प्रेषण गर्‍यो । […]


काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

काठमाडौँ, फागुन १३ गते । फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । मङ्गलबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलन फागुन १५ र १६ गते काठमाडौँमा सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई […]


उपचारात्मक क्षेत्रमा नागरिकलाई सुविधा दिने कुरामा सरकार गम्भीर : स्वास्थ्यमन्त्री

काठमाडौँ, फागनु १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै नागरिकलाई कसरी स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर सरकारले काम अघि बढाइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमाअन्तर्गत कसैले उपचार […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter