• Sunday, June 01, 2025

समाचार

सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत

काठमाडौँ, फागुन २१ गते। प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत भएको छ । बुधबार बसेको बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश पेस भएकामा सदनले स्वीकृत गरेको हो। जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक […]


श्रम र आप्रवासन समस्याबारे तीन मन्त्रालयको बैठक

काठमाडौँ, फागुन २१ गते। वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रूपमा समाधान गर्ने विषयमा बुधबार गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रीको संयुक्त बैठक सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयको अग्रसरतामा गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी र ती मन्त्रालयका सचिव […]


नेमकिपाको अध्यक्षमा ८५ वर्षीय बिजुक्छे पुनः सर्वसम्मत चयन

भादगाउँ, फागुन २० गते । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ । नेमकिपाको आज सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो । विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको […]


केसी दम्पतीद्वारा ३५ लाख बराबरको जग्गा दान

सलिम मियां / बिजुवार, फागुन २० गते । नौबहिनी गाउँपालिका वडा ६, बाहानेका व्यवसायी शङ्कर केसी र शकुन्तला केसीले ३५ लाख मूल्य बराबरको व्यावसायिक जग्गा उद्योग वाणिज्य सङ्घ, बाहाने बजार क्षेत्रलाई निःशुल्क दान गर्नुभएको छ । केसी परिवारले २०४८ सालमा जग्गामा व्यवसाय सुरु गर्नुभएको थियो । सोमबार आयोजित १७ औं वार्षिक साधारणसभा र सातौं अधिवेशनको […]


सदाचार र योग सभ्य समाजका मेरुदण्ड : राष्ट्रपति पौडेल

काठमाडौं, फागुन १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘‘जब कुनै समाजले नैतिकता, […]


हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै

काठमाडौँ, फागुन १९ गते । पूर्वयुवराज पारस शाहको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो। उनको मुटुमा स्टेन राखिएको छ । नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले यादव भट्टको टोलीले साहको उपचार गरिरहेको रातोपाटीलाई बताए । उनले भने, ‘डाक्टर यादव भट्टको टिमले उपचार गरिएको छ […]


नेपाल आउँदा खुसी छु : बुफोन

गाेविन्द रेग्मी / काठमाडौँ, फागुन १८ गते । इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ । काठमाडौँमा जारी केपी ओली कप फुटबलको मुख्य पाहुनाको रूपमा बुफोनलाई नेपाल निम्त्याइएको हो । इटालीका महान फुटबलर बुफोनले नेपाल आउन पाउँदा आफू निकै खुसी भएको र सपना पूरा भएको बताउनुभएको छ […]


ऊर्जा राज्यमन्त्री भन्छन्– अब बिजुलीको महसुल नतिर्नेको लाइन काट्न फिल्डमा उत्रिन्छु

काठमाडौँ, फागुन १८ गते । ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर तामाङ) तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने बताएका छन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका उनले […]


नेपाललाई लागुपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, फागुन १७ गते। गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो। उहाँले अहिले सङ्घीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनुभयो।उहाँले नागरिकसँग […]


कैलाशमा ‘जिपलाइन’ को परीक्षण

अनिल पराजुली / हेटौँडा, फागुन १७ गते। मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल ‘जिपलाइन’ निर्माण परीक्षण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न ‘जिपलाइन’ निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो। पालिकाको २ नं. वडा बैकुण्ठमा निर्मित कैलाश- बैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षण गरिएको छ। जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष मुक्तान, […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter