
काठमाडौँ, भदौ २१ गते। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको जानकारी गराएको हो। २०८१ भदौ ६ गते सरकारले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार अधिकार […]

काठमाडौं, भदौ २१ गते । नेपाल सरकार र जर्मन सरकारबिच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ । वार्तामा जर्मन सरकारकोतर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन युरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ । सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको […]

काठमाडौँ, भदौ २० गते । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिनुभयो । जोशी यसअघि पनि बोर्डको सीइओ भइसक्नुभएको छ । उहाँले सन् २०१५-२०२० […]

काठमाडौँ, भदौ २० गते । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैङ्गिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली महिलाको सहभागिता उदाहरणीय रहेको बताउनुभएको छ । लैङ्गिक समावेशीकरणसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताउनुभएको हो । लैङ्गिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यवहार […]

काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) ले नेपाली कांग्रेससँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि बसेको पोलिटब्युरो बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले सो कुरा बताउनुभयो । गौतमले भन्नुभयो, “संविधान संशोधनको बारेमा जति पनि कुरा उठे, यसका सन्दर्भमा संविधान पुनरवलोकन गर्ने […]

काठमाडौँ, भदौ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशस्थित नेपाली दूतावासमा रिक्त काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरेको छ । दक्षिण कोरिया, कता, मलेसिया, यूएई, ओमानस्थित नेपाली दूतावास तथा महावाणिज्य दूतावासमा काउन्सेलर तथा श्रम सहचारीका लागि आवेदन माग गरिएको हो । काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति […]

काठमाडौँ, भदौ १८ गते। खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताउनुभएको छ। राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रूपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन […]

काठमाडौँ, भदौ १८ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ। मंगलबार ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फरेन्स् फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको हो। संयुक्त राष्ट्रसङ्घको आसन्न महासभासँगै […]

काठमाडौँ, भदौ १७ गते । सूचना आयोगले तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेमाथि कारबाहीका लागि सिफारिस गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम उनीमाथि कारबाहीका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी तथा प्रवक्ता कमला ओली थापाले जनाएकी छन् । प्रवक्ता थापाका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे […]

काठमाडौँ, भदौ १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताउनुभएको छ । सोमबार आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६औँ वार्षिक साधारण सभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका […]