
काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायत क्षेत्रको […]

काठमाडौँ, वैशाख १२ गते । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०-८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरेको छ। आयोगले प्रचलित कानुन बमोजिम विवरण नबुझाउने राष्ट्रसेवक तथा पदाधिकारीहरूविरुद्ध आवश्यक कारवाही गर्ने जनाएको छ। आयोगको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजु कुमार वैद्यले प्रतिवेदन आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसमक्ष हस्तान्तरण गर्नुभयो। […]

काठमाडौँ, जेठ ११ गते। प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक भएको छ। वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ। लोकश भाटको सहसम्पादन र भीएफएक्स […]

काठमाडौँ, जेठ ११ गते । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा […]

विराटनगर, जेठ १० गते : विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा उपस्थित भएका सहकारी पीडितहरूले आक्रोश पोखेका छन्। सहकारी ऐन र कानुन कार्यान्वयनका चुनौती विषयक कार्यक्रममा पीडितहरूले कानुनका कुरा मात्रै गरेर आफूहरूलाई टार्ने काम भइरहेको भन्दै तत्काल बचत फिर्ताको माग गरेका हुन्। ‘हामीलाई कानुनका कुरा मात्रै चाहिएन। तत्काल बचत फिर्ता चाहियो,’ आक्रोशित हुँदै उनीहरूले भने। कोशी […]

काठमाडौं, जेठ १० गते: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भए पनि त्यसअनुसारको लाभ लिन नसकिएको बताए । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र […]

काठमाडौं । सवारी चालक अनुमतिपत्र छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमतिपत्र छपाइ गर्ने भएको हो । नवीकरण गरिएको लामो समयसम्म सवारी चालक […]

काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ । बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको हो । राष्ट्रिय […]

काठमाडौँ, जेठ ८ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा बिहीबार ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् । स्रोतका अनुसार राजधानीको एक होटलमा ज्ञानेन्द्रलाई भेट्न सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र […]

काठमाडौँ, जेठ ८ गते । हनिट्रयापमा फसाएर जग्गा र पैसा माग्दे दुई युवती पक्राउ परेका छन्। कैलालीको गोदावरी–१० दमौरा घर भएकी ममता तामाङ र भक्तपुर–१७ सल्लाघारीकी आँचल श्रेष्ठ भन्ने आँचल चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। फेसबुकलगायत सामाजिक सञ्जालमार्फत धनाढ्य व्यक्तिहरूसँग चिनजान गर्ने र होटेलमा बोलाएर मदिरा पिलाएर नग्न बनाई फोटो र […]