• Sunday, June 01, 2025

समाचार

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण

काठमाडौँ, जेठ ७ गते । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् । विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने […]


बिहीबार उपस्थित हुने गरी छाडिए सहसचिव भट्टराई

काठमाडौँ, जेठ ७ गते । बिहीबार बिहान उपस्थित हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई छाडेको छ । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको थियो । ‘भोलि बिहीबार बिहान कार्यालय समयमा उपस्थित हुनेगरी उहाँलाई छाडिएको हो,’अख्तियार अनुसन्धान अधिकृतले भने । अख्तियार स्रोतका अनुसार उनको […]


खाद्य कम्पनीले ७५३ वटै पालिकाबाट रैथाने बाली किन्ने

कल्पना घिमिरे / काठमाडौँ । सरकारले ७५३ वटै स्थानीय तहमा पाइने रैथाने बाली खरिदका लागि प्रक्रिया थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिक खाद्य संस्थान) ले देशका सबै स्थानीय तहसँग समन्वय गरी रैथाने बाली खरिदका लागि गत फागुनदेखि प्रक्रिया थालेको हो । स्थानीय स्तरमा पाइने जुनसुकै किसिमका […]


वैदेशिक रोजगारीमा संस्थागतबाट जाने बढे

काठमाडौँ, जेठ ६ गते । वैदेशिक रोजगारीमा जानेमध्ये संस्थागत (वैदेशिक रोजगार व्यवसायी कम्पनी) बाट श्रम स्वीकृति लिएर जाने सबैभन्दा धेरै रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएकोमा संस्थागत रूपमा लिने दुई लाख ८६ हजार ९४१ जना छन् । यस […]


एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र

काठमाडौँ, जेठ ५ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिको प्रतिवेदन पेश भएसँगै परराष्ट्र मन्त्रालयले आफूले निर्वाह गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा भएको जनाएको छ। परराष्ट्र मन्त्रालयको ऐन, नियम परामर्श तथा फैसला कार्यान्वयन शाखाबाट सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयमा पठाइएको पत्रमा २०८० चैत २१ गतेको परमादेश कार्यान्वयन सम्पन्न […]


‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु

काठमाडौँ, जेठ ५ गते । आर्थिक वर्ष २०८०/८१ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा विद्यालय नर्स कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको उल्लेख गरेको छ । उक्त प्रतिवेदन अनुसार उक्त कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत १९ प्रतिशत […]


गाउँमै अटो क्रान्ति : वैदेशिक रोजगारीको विकल्प बन्दै अटो व्यवसाय

सलिम मियाँ / बिजुवार, जेठ ४ गते । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू अहिले गाउँमै अटो रिक्साको व्यवसायमा लाग्न थालेका छन् । पछिल्ला वर्षहरूमा आन्तरिक सडक विस्तारसँगै तीन पाङ्ग्रे अटो ग्रामीण क्षेत्रमा उपयुक्त र स्थायी आम्दानीको माध्यम बन्न थालेका छन् । प्यूठानको सरुमारानी–३ भकुण्डेका मेकबहादुर सोमै खाडी मुलुकमा चार वर्ष काम गरेर फर्किएपछि कुखुरा पालन र […]


नेपालका चौबिस स्थान भासिने खतरामा

अशाेक अधिकारी / काठमाडौँ, जेठ ४ गते । नेपालका २४ स्थान ‘सिङ्कहोल’ निर्माण हुने अर्थात् जमिन भासिने खतरामा छन् । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो । कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमिन भासिएर गम्भीर दुर्घटना पनि भएका छन् । केही जिल्लामा जमिन भासिने […]


हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउन विज्ञको जोड

काठमाडौँ, जेठ ३ गते । विज्ञहरूले विकासशील तथा साना गरिब राष्ट्रमा जलवायु परिवर्तनले हुने हानी नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने बताएका छन् । सगरमाथा संवादमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र हानी नोक्सानीबारे भएको छलफलमा विज्ञहरूले क्षतिपूर्ति पाउने प्रक्रिया सरल गर्नुपर्ने बताएका हुन् । नेपाल जस्ता गरिब र साना देशले जलवायु परिवर्तनसँग […]


सरकारी वित्त घाटा दुई खर्ब नौ अर्ब, विकास बजेट खर्च सुस्त

काठमाडौँ, जेठ ३ गते । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारी वित्त घाटा चुलिँदै गएको छ । सरकारी खर्च तीव्र रूपमा बढे पनि आम्दानी सन्तोषजनक नहुँदा सरकारी वित्त घाटा दुई खर्ब नौ अर्ब पुगेको हो । बिहीबारसम्ममा चालु आ.व.मा सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । हालसम्म सरकारले नौ खर्ब ५४ अर्ब खर्च […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter