• Sunday, June 01, 2025

समाचार

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनपछि थुनामुक्त; राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन: मिश्र

काठमाडौँ, जेठ २ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएका छन् । ५० औँ दिनपछि शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि रिहा भएका मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली […]


सिभिल अस्पतालले सन्ध्याकालीन सेवा सञ्चालन गर्ने

काठमाडौँ, जेठ २ गते । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले सन्ध्याकालीन सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल प्रशासनले शुक्रबार सूचना निकाल्दै जेठ ४ गतेदेखि सन्ध्याकालीन सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । अस्पतालबाट प्रदान गरिएका सेवाका सम्बन्धमा आम निजामती कर्मचारीबाट गुनासो आएपछि निजामती कर्मचारी अस्पताल विकास समितिको वैशाख २२ गतेको बोर्ड बैठकले जेठ ४ […]


दस वर्षलाई लगानी दशक घोषणा गरौँ, झन्झट हटाऔँ

काठमाडौँ, जेठ १ गते । निजी क्षेत्रले आगामी १० वर्षलाई लगानी दशक घोषणा गर्नेदेखि नागरिकले भोग्दै आएका झन्झटहरु हटाउन माग गरेको छ । काठमाडौँमा नेकपा (एमाले)ले आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट’ को सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरु सो कुरा बताएका हुन् । […]


कारागारलाई सौर्य ऊर्जा सेट सहयोग

राजु लामिछाने / रुकुमपश्चिम, जेठ १ गते । रुकुम पश्चिमस्थित कारागार कार्यालयलाई सौर्य ऊर्जा सेट प्रदान गरिएको छ । मुसिकोट नगरपालिका–५ स्थित न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलले कार्यालयलाई सोलार सेट उपलब्ध गराएको हो । कारागार प्रशासक ताराबहादुर कुँवरका अनुसार १५० वाटको सौर्य ऊर्जा सेट प्राप्त भएको हो । उहाँका अनुसार सौर्य ऊर्जाले कारागारको बन्दी आवास […]


गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, वैशाख ३१ गते । ज्येष्ठ नागरिकहरूको सहयोगको लागि एक महत्वपूर्ण कदम स्वरूप, पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेन ले आज सम्मानजनक वृद्धावस्थाको प्रवद्र्धन गर्ने पहलमा सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री उमेश सुवेदी र पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक श्री त्रिलोचन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। यस […]


लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गरिने

काठमाडौँ वैशाख ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार भएको बैठकले लगानी बोर्डको बैठकले परियोजनाहरुको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ६२ औँ बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न एवम् परियोजनाको सूची तयार गरी बोर्डसमक्ष पेश गर्न उपप्रधानमन्त्री एवं अर्थमन्त्री […]


कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता डा. महत

नुवाकोट, वैशाख ३१ गते। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताउनुभएको छ। नेपाली कांग्रेस ककनी गाउँपालिका–४ र ६ नं वडा कार्यसमितिले बुधबार ओख्लेमा आयोजना गरेको ‘प्रत्यक्ष संवाद तथा भेटघाट’ लाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले कृषि उत्पादन वृद्धि गर्दै पर्यटन भित्र्याउनसके त्यसबाट आउने आर्थिकोपार्जनबाट देशलाई […]


सातै प्रदेशमा सेज स्थापनाको तयारी, पाँचखालमा भैँसीको मासु उत्पादन र प्रशोधन गर्ने योजना

कल्पना घिमिरे / काठमाडौँ । भएका विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको सरकारले सातै प्रदेशमा स्थापना गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेमार्फत सबै प्रदेशमा सेज स्थापना गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्ष बजेटमा सात वटै प्रदेशमा सेज स्थापना गर्ने योजना समावेश भएको सेजका कार्यकारी […]


‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति

काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनु परे […]


न्यायिक सम्मेलनद्वारा आठ बुँदे घोषणपत्र जारी

रामकृष्ण बोहरा / बागलुङ, वैशाख २९ गते । आठ बुँदे घोषणापत्र जारी गर्दै बागलुङ बजारमा आयोजित गण्डकी प्रदेश स्तरीय दोस्रो न्यायिक सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले गण्डकी प्रदेशका ८५ वटा स्थानीय सरकारका न्यायिक इजलासलाई एकरुपताका साथ व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्वता जनाएको छ । सम्मेलनले प्रदेशभित्रका न्यायिक समितिको काममा एकरुपता ल्याउन प्रदेश सरकारसँग […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter