• Sunday, June 01, 2025

समाचार

प्राकृतिक ग्यास आयात गर्न नेपाली कम्पनीलाई भारतले दियो अनुमति

कल्पना घिमिरे / काठमाडौँ । भारतीय आयल निगम कर्पोरेसन (आईओसी)ले एक नेपाली कम्पनीलाई वार्षिक २४० मेट्रिक टन लिक्विफाइड प्राकृतिक ग्यास (एलएनजी) आयातको अनुमति दिएको छ । बुधबार आइओसीले नेपालको योग्य होल्डिङ कम्पनीसँग वार्षिक २४० मेट्रिक टन एलएनजी ग्यास आयातका लागि सम्झौता गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका […]


७० प्रतिशत लक्षित किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ, फागुन १ गते । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् । खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार कोशी प्रदेशमा दुई लाख १९ हजार ८३, मधेश प्रदेशमा […]


नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला,साहित्य र सङ्गीत हो: राष्ट्रपति पौडेल

काठमाडौँ, माघ ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताउनुभएको छ।नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई गर्नुभएको सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने स्पष्ट पार्नुभयो।उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको […]


प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु

काठमाडौँ, माघ ३० गते । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको विज्ञप्तिमा दाङ जिल्ला निवासी एक बालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरिएको बताएका […]


ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने

काठमाडौँ, माघ २९ गते । बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणबिच छलफल भएको छ । ग्यास उद्योगीका जायज माग सम्बोधन हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका […]


किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह

धर्बेन्द्र झा / जनकपुरधाम, माघ २९ गते । मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा सहभागी हुन मधेश प्रदेशका किसानलाई आग्रह गर्नुभएको छ । किसान आयोगले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार गरेको किसान सूचीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा […]


काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा

काठमाडौँ , माघ २८ गते । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टको सूची सार्वजनिक गरिएको छ । उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रमअनुसार १० जनाको सर्ट लिस्ट आज सार्वजनिक गरिएको हो । उपकुलपति खोज तथा सिफारिस समितिले १० जनालाई सर्टलिष्टमा पारेको हो । सर्टलिष्टमा परेकाहरूको आगामी फागुन […]


किशोरीहरुद्वारा प्रधानमन्त्रीलाई पत्राचार

धर्बेन्द्र झा / जनकपुरधाम, माघ २८ गते । विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नु पर्ने सुझाबसहित धनुषाका किशोरीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अनुरोधसहितको पत्राचार गरेका छन् । धनुषाको विभिन्न किशोरी क्लबका किशोरीहरुले जिल्ला हुलाक कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सम्बोधन गरी प्रधानमन्त्री ओलीलाई लेखेको अनुरोधसहितको पत्रमा विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ […]


नागरिकता संशोधन र प्रहरीसहित प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ, माघ २७ गते। प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गर्नुभएको हो। विधेयक प्रस्तुत गर्दै उहाँले सहज रूपमा नागरिकता प्रदान र प्रक्रिया थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको जानकारी गराउनुभयो। गृहमन्त्री […]


प्रमुख तीन पार्टीप्रति बाबुरामको कटाक्ष : ३० वर्षसम्म देशलाई ठगेर खाए

काठमाडौँ , माघ २७ गते। नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले ३० वर्षसम्म कांग्रेस, एमाले र माओवादीहरूले देश र जनतालाई ठगेको आरोप लगाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले वैकल्पिक शक्तिले नयाँ विचारको संश्लेषण गरेर जानुपर्ने बताए । ‘कांग्रेसले गरेनन् । कम्युनिस्टले गरेनन् । यी नै […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter